logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ निर्माण हुने


  • जन आकाश
  • मंगलबार, माघ २ २०८०

काठमाडौं । ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ निर्माण हुने भएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् ।



फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनेछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो ।

पैतीस -चालीस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्माता केसीले जानकारी दिए । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्म माघ महिनामा नै छायांकन जानेछ ।

कलाकारबारे भने जानकारी गराइएको छैन । फिल्ममा चर्चित कलाकार रहने र केही दिनमा सार्वजनिक गरिने निर्देशकले जानकारी दिए । केही कलाकार अडिसनमार्फत समेत छनोट गरिएको जनाइएको छ । निर्देशक कोइरालाले दुई दशकदेखि चलचित्र तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही फिल्म सम्पादन गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend