logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कर्णालीद्वारा लुम्बिनीलाई १८५ को लक्ष्य


  • जन आकाश
  • बुधबार, माघ ३ २०८०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ ।



भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३र३ विकेट लिए । मोहम्मद हसन कृष्ण, अजय चौहानले १र१ विकेट लिए ।

कर्णाली प्रदेशले यसअघि ३ खेलमा ३ हार व्यहोर्दै तालिकाको पुच्छरमा रहेको छ, भने लुम्बिनीले २ खेलमा १ जित र १ हार व्यहोरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend