logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

११ औ रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विवाद बीच सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ ३ २०८०

मोहन कार्की ।
रामेछाप जिल्लास्तरीय ११ औ राष्ट्रपति रनिङ शिल्ड गएको पौष २० गते उमाकुण्ड गाउँपालिका च्यादलुमा भव्य रुपमा उदघाटन गरी खल्लो तरिकाले समापन भएको छ ।



त्यस उदघाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ हेलिकप्टरवाट उमाकुण्डको खेलमैदान उच्च मनोवलका साथ च्यादलुमा पुगेका थिए ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव पनि रामेछाप जिल्लाका नागरिक हुन् । बिशिष्ट अतिथि रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ रहेका थिए । रामेछाप जिल्लाका सवै पालिकाका प्रमुख, उप प्रमुखहरुको आतिथ्यता उद्घाटन कार्यक्रममा रहेको थियो ।

अतिथि तथा खेलाडीहरुलाई बिभिन्न स्थानमा स्वागत गेटहरु सिगारेर उमाकुण्ड खेलकुद विकास समितिले हेर्न लायक बनाएको थियो । ११ औ रामेछाप जिल्लास्तरीय राष्ट्रपति प्रतियोगिताको प्रयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकाले कार्यक्रमको उदघाटन समारोहलाई बिभिन्न सास्कृतिक झाकीहरु प्रस्तुत गरेर गाउँपालिको परिचय गराउन प¥यास गरेको थियो । त्यैगरी चण्डेश्वरी माविका स्काउटहरुको अगुवाईमा ८ वटै पालिका सम्मिलित खेलाडीहरुले मार्च पास गरेर उदघाटन समारोहका अतिथिहरुलाई सलामी अर्पण गरेर आकर्षण भरेका थिए । मार्चपासको पहिलो पदक रामेछाप नगरपालिकाले जितेको थियो ।

प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई स्वागत गर्न पालिका अध्यक्ष शेर बहादुर सुनुवार उपाध्यक्ष सावित्री सुनुवार मेहनतका साथ आफै खटिरहेका देखिन्थे । सयौको संख्यामा स्वयम सेवकहरुको पनि साथ रहेको थियो । यति धेरै मेहनत गरेको कार्यक्रमलाई समयले साथ दिएको जस्तो देखिदैनथ्यो । वेलुकी झण्डै ५ बजे मात्र कार्यक्रम शुरु भएको थियो । कार्यक्रम उत्साहका साथ भईरहेको थियो । उमाकुण्डका सास्कृतिक नृत्य प्रस्तुत भईरहेका थिय । त्यही वेलामा लाइन गयो । जेनेरेटर चलाएर पुनः लाइन शुचारु गरिएको थियो । लाईन आएपनि पुनः साउण्ड सिस्टममा समस्या भएपछि बोल्ने बक्ताहरु कम गरेर कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिले बोल्ने बेलासम्म मार्चपास गर्न आएका खेलाडी, स्थानीय दर्शक सवै बासस्थान पुगिसकेका थिए ।

आकाशवाट सित झर्न थालिसकेको थियो । त्यतिको कठिनाईका बाजबुद पनि कार्यक्रम रोकिएको थिएन बिशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ र प्रमुख अतिथिले सम्बोध गरेर कार्यक्रमको बिट मारेका थिए । प्रमुख अतिथिले रामेछाप जिल्लाका खेलाडीहरुले अन्तराष्ट्रिय कबड हलमा प्रतिस्पर्धा गरेको हेर्न मन छ भनेर निक्कै उत्कृष्ट भाषण गरेका थिए ।
उदघाटन समारोहका कार्यक्रम सकिएपछि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु मञ्च अगाडी सामुहिक नृत्य गरेर मनोरञ्जन लिएका थिए । उदघाटन शत्र जिल्लास्तरीय प्रतियोगितको सफल पक्ष नै थियो ।

२१ गतेवाट भएको प्रतियोगितमा ३१ वटा खेलका प्रतिस्पर्धामा भाग लिएका ८ वटा पालिकाहरुमा सवैभन्दा बढी पदक उमाकुण्डले १३ स्वर्ण सहित अग्रता लिईरहेको थियो । १० स्वर्ण सहित रामेछाप नगरपालिका दोस्रो स्थानमा थियो । मन्थली ८ स्वर्ण सहित तेस्रो स्थानमा सघर्ष गर्दै थियो ।

२२ गते बिहान सुनापति र मन्थलीले उमाकुण्डका एउटै खेलाडीले एथलेटिक्स र भलिबल विद्यामा एउटै खेलाडी खेलाएको भनेर उजुरी गरेपछि विहानवाट हुने भनिएका खेलहरु रोकिएका थिए र दिउसो ११ बजेसम्म कुनैपनि खेल हुन सकेका थिएनन् । विवाद चण्डेश्री माविको मैदान वाट एथलेटिक्स मैदानमा समेत पुगेर मन्थलीका अफिसियल र उमाकुण्ड शिक्षा शाखाका ङावा शेर्पा बीच एकछीन वाद विवाद नै चलेको थियो । हामी भिडियोमा पनि हेर्न सक्छौ ।

पछि सवै पालिकाका खेल प्रशिक्षकहरु बसेर उमाकुण्डले सटफुटमा प्राप्त गरेको स्वर्ण त्याग्ने र भलिबल टिम पनि त्यग्ने मौखिक सहमती भएपछि खेल सुचारु भएको रामेछाप नगरपालिकाका कराते शिक्षक टिकाराम मगरले जानकारी मौखिक सहमति भएर बाहिर निस्केपछि सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । सोही कुरा आयोजकले पनि पुष्टि गरेको थियो । उक्त विवादको निर्णय प्रदेशमा पठाएको पनि जानकारी दिएको थियो । बाइस गते बेलुकासम्म बाकी ४ खेलमध्य सवै खेल सक्किसकेको थियो ।

२२ गते बेलुकासम्म मन्थलीले २२ स्वर्ण सहित अग्रता कायम गरेका थियो । उमाकुण्ड १५ स्वर्ण सहित दोस्रो स्थानमा रहेको थियो सटफुटमा प्राप्त गरेको स्वर्ण उमाकुण्डको बदर भएको थियो । १० स्वर्ण सहित रामेछाप नगरपालिका तेस्रो स्थानमा रहको थियो । अन्य पालिकाहरुले क्रमश लिखु तामाकोशीले ४ स्वर्ण, दोरम्बा ४ स्वर्ण,खाडादेवी ३ स्वर्ण, गोकुलगंगा २ स्वर्ण, सुनापति १ स्वर्ण रहेका थिए ।

२३ गते खेलका प्रतियोगिताहरु विहान १२ बजेसम्म सक्ने र कार्यक्रम समापन गर्ने तालिका रहेको थियो । त्यहि तालिका सुनेर हेरेर फाईनल खेलहरु हेर्न प्राकृतिक बनौटमा बनाईको च्यादलुस्थित एथलेटिक्स ग्राउनको प्याराफिटमा दर्शक सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

बाकी रहेका भलिबल सेमि फाइनल खेलमा उमाकुण्डको भलिबल टिम मैदानमा उत्रिएपछि अन्य पालिकाहरुले २२ गते सवै पालिकाका खेल शिक्षकहरु बसेर गरेको मौखिक सहमति उमाकुण्डले उल्लघन गरेको भनेर मन्थली नगरपालिका, खाडादेवी गाउपालिका, रामेछाप नगरपालिका आयोजना नै बहिष्कार गरेर हिड्न खोजेका थिए । त्यस मध्य भलिबलको सेमिफाइनल पुगेको रामेछाप नगरपालिकाको भलिबल टिम खेल बहिष्कार गरी हिडेको थियो भने मनथली र खाडा देवीका खेलाडी,शिक्षक पनि ग्रउण्डवाट हिडेका थिए । तर पछि स्वत उमाकुण्ड फाइनलमा पुगेको भनेर घोषणा भएको थियो । त्यसपछि कुन कुरामा सहमति भयो वा राजनीतिक दवावमा मन्थली र खाडादेवीका भलिबल खेलाडी मैदानमा प्रदेश गरेर सेमि फाइनल प्रतिस्पर्धा गरेका थिए ।

सेफि फाइनल मन्थलीले जितेको थियो । महिला तर्फको भलिबलमा गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका बीच फाइनल खेल भएको थियो । महिला भलिबल पनि विवाद मुक्त भएन फाइनल खेल चलिरहेकै अवस्थामा उमाकुण्डले नियम विपरित उमेर कटेकी खेलाडीलाई टिममा खेलाएको भनेर गोकुलगंगाले नागरिताको प्रमाण पत्र सहित उजुरी हालेको थियो आयोजकले उजुरी लिन नमानेको भनेर केही छिन मैदानमा होहल्ला समेत भएको थियो ।

त्यसपछि गोकुलगंगाको उजुरी पर्दापदै पनि खेल सञ्चालन गरेको भनेर कुनै पदक नलिई गोकुलगंगाका खेलाडी, शिक्षक मैदानवाट खेल बहिष्कार गरी हात हल्लाउदै वाटो लागेका थिए । त्यो भन्दा अगाडी नै अन्य गाउँपालिकाका खेलाडी शिक्षक बाटो लागि सकेका थिए ।

समापन समारोहका प्रमुख अतिथिका रुपमा आएका बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्साल विशिष्ट अतिथि पुर्व संसद देव शंकर पौडेल, अतिथिहरुमा बागमती प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ खेलकुद परिषद सदस्य रामचन्द्र कार्की, लगायत थिए । २३ गते निर्धारित समयमा पुरुष तर्फको फाईनल खेल भईरहदा अध्यारो भईसकेको थियो भने आकाशवाट सित झर्न थालिसकेको थियो । खेल हुदाहुदै आयोजकले खेल स्थगन गरी २४ गते बिहान खेलाउने सूचाना जारी गरयो र सवै बाटो लागे २४ गते बिहान भलिबलको फाइनल खेल भयो मन्थलीले भलिबलको ट्रफी सहित २३ स्वर्ण सहित २०८० सालको ११ औ राष्ट्रपति शिल्ड उचाल्न सफल भयो ।

११ औ रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट, प्रथम, दृतिय, तृतिय हुने खेलाडीहरुलाई ट्रफी, पदक प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालले हस्तान्तरण गरेका थिए । पदक विजेता खेलाडीहरुलाई मन्त्री लम्सालले पमाण पत्र तथा पदक हस्तान्तरण गर्दा बधाई दिएको दृष्य हेर्न लायक थियो । भलिबल फाइनल खेलमा पुगेका टिमसँग हात मिलाएको दृष्य पनि निक्कै महत्वपूर्ण थियो । उनले सम्बोधनका क्रममा रामेछापमा आएर यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी गराएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाले जितेका पदकहरु कार्टुमा प्याक गरेर गाडीमा लोड गरी आयोजकले मन्थलीस्थित जिल्ला खेदकुद विकास समितिको कार्यलयमा लगेको थियो । त्यो दृश्य देख्दा चै रामेछाप जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खल्लो नै भएको देखिन्थ्यो ।

खेल चलिरहेको चण्डेश्वरी माविको भलिबल ग्राउनमा लठ्ठी टेकेर बृद्धाबृद्धाहरु उभिएर खेल हेरिरहेका दृष्यले मानवीयता भएका मानिसहरुलाई भावुक बनाउने दृष्य थियो । त्यस दृष्यले खेलकुद के बृद्धा के युवा सवैको चासोको बिषय रहेछ भन्ने देखाउथ्यो ।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले ८ वटै पालिकावाट उमाकुण्डमा आई खेलकुदमा सहभागी खेलाडी, शिक्षक, खेलप्रेमी, सवैलाई धन्यवाद दिएका थिए ।
उद्घाटन र समापन कार्यक्रममा आएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो । ११ औ रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहयोग गर्ने व्याक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । जसमा धेरैजति उमाकुण्ड गाउँपालिका भित्रका नै थिए ।

११ औ रामेछाप जिल्ला खेलकुद प्रतियोगिताको उदघाटन र समापन कार्यक्रमको सभापतित्व गरेका रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाघा मगरले केही कमीकमजोरी भएपनि कार्यक्रम तुलनात्मक रुपमा सफल भएको सफल बनाउन भुमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिदै कार्यक्रमको विर्सजन गरेका थिए । कार्यक्रम समापन पछि पनि मन्थली र उमाकुण्डका खेलाडीहरुले ट्रफी, शिल्ड उचालेर सेलिब्रेट गरिरहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend