logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धार्मिक सदभावमा समस्या आउने काम कसैले नगरौं 


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

हिजो मात्र माघे संक्रान्ति अर्थात मंकर संक्रान्ति पर्व सवै नेपालीहरुले गच्छे अनुसार मनाएकाछन् । यसै पर्वको छेउछाउमा कतिपय बुज्रुकहरुले यो त हाम्रो पर्व होइन मगरको थारुको कुनै कुनैले किरातहरुको भनेर बजारमा हल्ला अर्थात कुरा गरेको सुनियो । यस्तो कुरा गर्नुपनि एउटा नेपालीले अर्को नेपाली समुदाय माथि अविश्वास र सिगो धार्मिक संहिष्णुतामा खलल पु¥याउनु हो ।



यस्ता कुरा गर्नेहरु अरु कोही नभएर पढे लेखेका भनिएका मानिसहरु नै देखिन्छन् । यस्ता खालका मानिसहरु जहिले पनि सोजा साजा नेपालीहरुलाई उक्साएर कहिले जातको नाममा भिडाउने, कहिले धर्मको नाममा झगडा गराउने गर्ने गरेकाछन् । यसरी यस्ता बुज्रुकहरुको उक्साहटमा लागेर कयौ नेपालीहरुले अनाहकका विगतमा दुखः पनि पाएकाछन् ।
त्यसैले कोही कसैले नेपालको सनातन धर्म यो हाम्रो त्यो तिमरुको भन्ने कतै लेखिएको छैन । सवै धार्मिक सस्कारहरु नेपाली समुदायले जहा जसरी मान्छन् । सवै जातजाती मिलेर मान्दै आएकाछन् । यो नेपालीहरुको सस्कृति परम्परा सवै नेपालीहरुको हो । नेपाली नागरिकहरुले कहिल्यै पनि यस्ता धर्मका नाममा कतै विवाद गरेको र यस्ता अम¥यादीत कुरारु गरेको विगतमा सुनिएको थिएन ।

तर यस बर्षको माघि पर्वका छेउछाउमा यस्ता कुराहरु गरेको सुनियो भने कतिपय महत्वपूर्ण पदीय हैसियतमा बसेका मानिसहरुले समेत जाती विशेषलाई बढी प्रथामिकता दिएर भाषण गर्ने गरेको पनि देखियो ।

यस्ता गतिविधिहरुले नेपाली समाजलाई विभक्त गर्न तिर अग्रसर गराई राखेको होकि ? भन्ने आम सर्व साधरणमा परेको छ । यस्ता कामहरु केही क्षणिक स्वार्थमा लागेर केही त्यस्ता गलत तत्वहरुले आदीम कालदेखि मिलेर बसेका नेपाली धार्मिक, जातिय समुदायहरुलाई बिगार्न खोजेका हुन सक्छन् ।

त्यस कारण सर्व साधारण नागरिकहरुनै चनाखो भएर हामीलाई गलत तत्वहरुले उक्साएर उक्सिनु हुदैन । भोली गाउँ घरमा मिलेर बसेको समुदाय गाउँ घरमा चाहिन्छ शहरमा मिलेर बसेको समुदाय शहरमा चाहिन्छ । आपत विपत पर्दा मानवीय ह्रदृयवाट सहयोग गर्ने नेपालीको वानी नै हुन्छ ।

यस्तो मानवीय, मानवतामा गासिएर बहु धार्मिक, बहु सस्कृतिक सस्कारमा बाचेका हामी नेपालीहरुलाई कसैले तोड्न खोज्दैछ । झगडा गराउन खोज्दैछ यस्ता त्यस्ता गलत तत्वहरुको पछि नलागिकन नेपालीहरुको धार्मिक सहिष्णुता कायम राख्नु सवै नेपालीहरुको कर्तव्य हो ।

कसैले नजानेर जातको, धर्मको बिषयमा विवाद गर्ने एकले अर्को धर्म जात भाषाको बिरोध गर्ने गराउने कार्य गर्नु हुदैन । त्यस्तो कसैले जानी जानी गर्छ भने कडा दण्ड सजाय गर्न सम्बन्धित निकाय पछि हट्नु हुदैन ।

माघ २ गते जन आकाश साप्ताहिक पत्रिकामा प्रकाशित

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend