logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलकारहरू दिन प्रतिदिन किन डिप्रेसनको सिकार भन्दैछन् : के कलकारिता क्षेत्रमा भविष्य छैन ?


  • जन आकाश
  • आइतबार, माघ ७ २०८०

विनोद कार्की ।



काठमाडौं । गीत सङ्गीत क्षेत्र र कलकारिता क्षेत्रमा रमाउने सबैको रहर हुन्छ । करोडौँ दर्शकको माया अनि आफू फ्रेममा देखिएर नाम अनि दाम दुवै कमाउने सोचले कलाकारहरू कलाकारिता क्षेत्र र गीत संगीत क्षेत्रमा आउने गर्दछन् ।  हो यो क्षेत्रमा नाम अनि दाम दुवै कमाउन सकिन्छ । तर यो क्षेत्रमा सङ्घर्ष गरेर नाम अनि दाम कमाउन त्यती सजिलो छैन ।

कलकारीता क्षेत्र र गीत सङ्गीत क्षेत्रमा दसौँ वर्ष सङ्घर्ष गरेर केही उपलब्धि गर्न नसकेका कलाकारहरुका उदाहरण पनि छन् । केही कलकारले त आत्म हत्या गर्न समेत बाध्य भएका छन् । भने केही कलकार डिप्रेसनको सिकार समेत बन्दै गएका छन् । बाहिरबाट हेर्दा गीत सङ्गीत क्षेत्र र कलकारिता क्षेत्रमा जति रमाइलो छ । भित्रबाट त्यति रमाइलो छैन्  । यो क्षेत्रको सङ्घर्ष र दुख भनेको सगरमाथा आरोहण गरे जस्तै हो ।“गन्तव्यमा पुग्न सकिन्छ की सकिदैन्” थाहा हुँदैन । यदि गन्तव्यमा पुग्न सकियो भने कहिले पछाडि फर्किनु पर्दैन् सधैँ अघि, यदि गन्तव्यमा पुग्न सकिएन भने कुवाको भ्यागुतो कुवामै भने जस्तै सधैँ  कराइरहने मात्र हो केही गर्न सकिदैन् ।

गीत सङ्गीत र कलकारिता क्षेत्रमा पछिल्लो समय हेर्ने हो भने अनुभव नभएका छाडा भिडियो र अस्लिल गीत गाउने भाइरलहरूले नै चर्चा कमाई रहेका छन् । भाइरल हुनलाई धेरै मेहनत गर्नु पर्दैन, र्दुई चार वटा छाडा भिडियो र नराम्रा शब्दका दुई चार वटा गीत गाइदिए पुग्छ । नराम्रा शब्द र छाडा भिडियोले भाइरल भएपछि भ्युजको आसले सबै भाइरलकै पछि लाग्छन् ।

मिडिया, गायक, सर्जक, निर्देशक तिनै भाइरलहरूले केही समय स्थान पाउँछन त्यसपछि थन्किन्छन् ।  आफू भाइरल भए भनेर केही दिन मिडिया र सर्जकको पछिमा फुरफुर गर्दछन् । कलकारीता क्षेत्रमा सङ्घर्ष नगरेकाले यो क्षेत्रको महत्त्व बुझदैनन् । उनीहरूलाई यो क्षत्रमा कसैले युज गर्दै छन भनेर थाहा हुदैन् । जस्तै उदाहरणहरु देख्न सकिन्छ । केही वषअघि गीत संगीतमा धेरै भाइरल भएका सचिन परियार, मेनुका परियार, लगायत थुप्रै भाइरल केही समय चलेर लोभ भइसकेका उदाहरण देख्न सकिन्छ ।

पछिल्लो समय भाइरलको नाममा धेरै विकृति फैलिदै आएको छ । अहिले ‘भाइरल’ भएकाहरूको भविष्यको बारेमा सोचेर अगाडि बढाउनुपर्छ । नत्र उदाएका प्रतिभाहरू केही समयमै हराउने गर्दछन् । युट्युबमा भाइरल भएपछि गीतसङ्गीतमा आएका केही कलाकारहरूले भने आफूलाई स्थापित गराइसकेका छन् । ‘भाइरल’ भएरै आएका रचना रिमाल, समीक्षा अधिकारी आज साङ्गीतिक क्षेत्रमा व्यस्त गायिकामा गनिन्छन् । किनकि उनीहरूको गायन प्रतिभाले जो कोहीलाई लोभ्याउँदै आएको छ ।

अशोक दर्जीका गीतहरू आज पनि युट्युबमा लाखौँले हेर्छन् । कमला घिमिरेका गीतहरूलाई दर्शकले निकै मन पराउँछन् । तर, प्रतिभा नै नभएकाहरूलाई भाइरल भएका आधारमा स्थान दिनु राम्रो होइन । त्यसैले प्रतिभा हेरेर स्थान दिने गरौँ । भाइरलको नाममा समाजमा विकृति नफैलाऊ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend