logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापको सिडियो कार्यलय अगाडी बिनु यादव अनसनमा


  • जन आकाश
  • सोमबार, माघ ८ २०८०

रामेछाप । रामेछाप जिल्ला प्रशासन कार्यालय अगाडी बिनु यादव नामकी एक महिलाले यहि मिति २०८० साल माघ ७ गतेवाट आमरण अनसन बसेकी छन् । जिल्ला प्रशासन कार्यलय अगाडी ओढ्ने ओछ्याउने राखेर अनसन बसेकी बिनु यादवलाई भेटन बिहानै रामेछापका बिभिन्न पार्टीका जनप्रतिनिधि भेटन आएकाछन् ।



उनलाई रामेछाप जिल्ला अदालतमा परेको प्रदिप अठायतले बिनु यादपसँग सम्बन्ध बिछेद विरुद्ध हालेको रिटमा रामेछापका जिल्ला अदालतले  प्रदीप कठायतको पक्षमा  फैसला गरेको थियो । सोहि- मुद्दामा बिनु यादव उच्च अदालत गएकी थिइन् उच्च अदालतले जिल्ला अदालत रामेछापको फैसला उल्टाइदिएको थियो ।

त्यसपछि बिनुले अफ्नो घरमा बस्न पाउनुपर्ने भनेर जिकिर गर्दै आइरहेकिछन् । अनसन बस्नुको उदेश्य पनि त्यहाँ भेट्न आउने संचारकर्मिहरुसँग आफ्नो पति प्रदिप कठायतसँग बस्न पाउनुपर्ने माग रहेको बताएकी छन् ।

सोहि विषयलाई लिएर जिल्ला प्रशासन कार्यलय प्रमुख  रामेछापकी अनिता निरौलाको कार्यकक्षमा छलफल भइरहेकोे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend