logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन्फाको विशेष साधारण सभा ललितपुरमा सुरु


  • जन आकाश
  • सोमबार, माघ ८ २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण-सभा ललितपुरमा सुरु भएको छ । यसअघि नियुक्त लेखा परीक्षकको अनुमोदन गर्ने एउटा मात्रै प्रस्ताव ल्याएर एन्फाले विशेष साधारण सभा बोलाएको हो ।



२ पुसको एन्फाको कार्यसमिति बैठकले आर्थिक वर्ष २०७९र८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यै निर्णय अनुमोदन गर्न साधारण सभा बसेको हो । यो एन्फाको ३ महिनभित्र बसेको दोस्रो साधारण सभा हो ।

यसअघि कात्तिक २३ गते हेटौंडामा विशेष साधारणसभा भएको थियो । यस्तै १४ फागुनमा एन्फाले नियमित साधारण सभा पनि बोलाइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend