logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ


  • जन आकाश
  • मंगलबार, माघ ९ २०८०

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई एलजी ईलेक्ट्रोनिक्स् इन्क का एक्स्पोर्ट निर्देशक  केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उद्घाटन गरी शुभारम्भ भएको छ ।



एलजी शपि शोरुमहरु आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु जस्तै LED TV, Washing Machine, Refrigerator, Dishwasher, Air Conditioner, Microwave Oven, Vacuum Cleaner  लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन् ।

ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् । यी शोरुमहरु हप्ताको सातै दिन बिहान १०बजे देखि बेलुका ७.३०बजेसम्म खुल्ला रहनेछ ।

ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं हरु ०१-५५४६६१२(जावलाखेल) , ०१-४१०६५३०(मिनभवन), ०१-४०३४५६२(सितापाइला), ०१–४५६१२३४(चाबहिल), ०१-५३१८११६(कान्तिपथ), ०१-५२००४२६(इमाडोल) र ०२१-५९०२६६(बिराटनगर)मा सम्पर्क गर्न सक्नेछन् ।

यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी Exchange Offer तथा Loyalty Program को पनि सुविधा प्रदान गर्दै आएको छ। र दक्ष बिशेषज्ञबाट बिभिन्नLG का सामाग्रीहरुको Live Demo, Personal Experience Zone र Cooking Class  को सेवा प्राप्त गर्न सकिन्छ ।

यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री इन्स्तलेशन(एलजी सर्टिफाईड) र Preventive Maintenance Service (PMS) सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend