जन आकाश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७३ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend