logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

माघ २६ गतेदेखि प्रदर्शनमा फिल्म ‘हात्तीछाप’


  • जन आकाश
  • मंगलबार, माघ ९ २०८०

काठमाडौं । माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’लाई लिएर अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित सुनिएका छन् ।



मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनीहरुले यो फिल्मले दर्शकलाई मनोरञ्जन दिने बताए । फिल्ममा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । फिल्मका लागि सौगातले लामो कपाल पनि पालेका थिए ।

सौगात भन्छन्, ‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’ फिल्म ‘दुई नम्बरी’मा एकसाथ काम गरेपछि दयाहाङ राई र सौगातसँग उपासनाले दोस्रोपटक काम गरेकी हुन् । फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उपासनाले बताइन् । ‘स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि दया दाइ र सौगात दाइ भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’

‘दुई नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने दयाहाङ र उपासनाको प्रेम देखाइएको छ । उपासना भन्छिन्, ‘यो फिल्ममा दयाहाङ र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले दया दाइ र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ कुरा फिल्ममा आफैंले जोड्न पाएको सौगातले सुनाए । फिल्ममा भूकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend