जन आकाश
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरिसकेकाछन् ।
सोही क्रममा भुवन के पोखरेलले “हे सानू” बोलको गीत युके इन्टरटेन्मेट युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । सोही गीत छोटो समयमै दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ ।
नवराज घिमिरेको शब्द ,मुस्कान मुकारुङ्को संगीत रहेको गीतमा अहिलेका लोकप्रिय गायक बिनोद दनुवारको आवाज रहेको छ । भने भुवमन के पोखरेलको अभिनय आर्कषक रुपमा देख्न सकिन्छ । उक्त गीत युके इन्टरटेन्मेट युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend