जन आकाश
काठमाडौ । सि जि मोटर्स विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ को नेपालका लागि अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा लागेको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालमा बिक्री गर्ने नेटा, लाइट कमर्शियल भेईकल केवाइसी , किङलङ सम्पूर्ण गाडीहरुमा सीएटीएलकै ब्याट्री जडान भएको र विद्युतीय गाडीहरु बिक्री बितरण को प्रमुख हिस्सा रहेको हुनाले सि जि लाई सर्भिस सेन्टरको काम सुरु गर्न निर्देशन् गरेको।
साझेदारी अन्तर्गत सि जि मोटर्सले नेपालमा सीएटीएलका लागि आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्नेछ साथै सीएटीएल ब्याट्री सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपालमै सेवा दिन सक्नेगरी सीएटीएलको सेवा उपयोग गर्ने उल्लेख छ।

सिजि नेपालकै उत्कृष्ट ब्यापारीक समुह हो । नेपालमा मानविय सेवामा अग्रणी भुमिका खेल्दै आएको छ। पछिल्लो समय बिधुतिय सवारी साधन नेपालको भुगोल सुहाउँदो भित्र्याएर नेपालको वातावरण सफा राख्न र डिजेल खरिद गर्ने बर्सेनि बिदेश गइरहेको नेपाली पैसालाइ नेपालमै राख्न सयोग गरि ब्यापार घाटा कम गराउन सहयोग पुगेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend