logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुवीच छलफल


  • जन आकाश
  • सोमबार, माघ १५ २०८०

काठमाडौं । मिति २०८० माघ १४ गते, नाडाको सचिवाल टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।



नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खाशगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो ।

उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ,
महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष श्री पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend