जन आकाश
काठमाडौं । सानैदेखि गीत सङ्गीतमा निरन्तर लागेका आधुनिक गायक सारमन जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खवर कार्यक्रममा जोडिएका छन् ।
सारमनले केही वर्ष मात्र थुप्रै एल्बमहरू निकालेका थिए लामो समयदेखि दोहोरीमा काम गर्दे आएका सारमनले रात्रिकालीन दोहोरी व्यवसायबाट कमाएको रकमले अहिले ममता एल्बमका पाँच ओटा गीत निकालेका छन् जसमध्ये “लै बरी लै ”बोलको गीत सार्वजनिक समेत भइसकेको छ । उनै गायकसँग जन आकाशका संवाददाता विनोद कार्कीसँग गरेको कुराकानीलाई हामीले यस अङ्कमा प्रस्तुत गरेका छौं ।
तपाईँको गीत सगीत क्षेत्रको यात्रा कसरी सुरु भयो भोलिको दिनमा कहाँ सम्मा पुग्छ ?
मेरो गीत सङ्गीतको यात्रा कक्षा ७ मा पढ्दा म पनि गायक बन्छु भन्ने सोच आयो मेरो आवाज स्कुलका साथीभाइहरू, गुरुहरू, घरपरिवारले एकदमै मन पराइदिनु हुुन्थ्यो । मलाई गीत सङ्गीतमा लाग्न झन् ऊर्जा थपियो । त्यसपछि मिलन मगर गुरुसँग त्रिभुवन मा.बिमा सारेगमबाट सङ्गीगतको यात्रा सुरु गरे । भोलिको दिनमा कहाँ सम्म यो यात्रा पुग्छ थाहा छैन । त्यो दर्शकको हातमा छ । दर्शकले धेरै माया गरिदिनु भयो भने म यो क्षत्रमा बाची रहन्छु । सबै दर्शको हातमा छ । तर जहाँ सम्म पुगेपनी म गीत सङ्गीतलाई सधैँ माया गर्छु । यो क्षेत्रबाट म कहिले ब्याक हुन् ।
तपाइको बाल्यकाल कसरी बित्यो ?
म बच्चैदेखि चुलबुले स्वभावको मान्छे नाच्न गाउन एकदमै रुचाउने गर्थे । मेला मोहत्सब हरुमा घरबाट भागी भागी जाने, रमाइलो गर्न, मेला मोहत्सब भनेपछि हुरुक्कै हुने गर्थे । हाम्रो घरमा तबला, ढोलक, मादल सबै प्रकारका बाजाहरू थिए । त्यही बाजाहरू बजाउँदै गीत सङ्गीतमा रमाउँदै मेरो बाल्यकाल छुट्टै रमाइलो तरिकाले बित्यो ।
गीत सङ्गीतको भविष्य कस्तो छ जस्तो लाग्छ तपाईँलाई ?
पछिल्लो समय गीत सङ्गीतमा धेरै विकृति फैलिँदै आएको छ । गीत सङ्गीतमा दशौँ वर्ष सिकेर आएका व्यतिले अवसर पाउँदैनन् । तर गीत सङ्गीत नबुझेका, सामाजिक सञ्जालमा छाडा र उतौउला गीतले भाइरल भएकाले अवसर पाएका छन र मेला मोहत्सब हरुमा पनि उतिकै अवसर पाएका छन् । राजनीतिक क्षेत्रको जस्तै विकृति गीत सङ्गीत क्षेत्रमा पनि फैलिँदै आएको छ । यहाँ आफ्नो मान्छे छानेर अवसर दिइने गरिन्छ । मेला मोहत्सबमा पैशाको चलखेल हुन्छ । यो क्षेत्रको भविष्य म चाहिँ त्यती राम्रो देख्दिन् ।
भोलिको दिनमा तपाईँको कस्ता खालका गीत दर्शकले सुन्न पाउँछन् ?
भोलिको दिनमा दर्शकले मेरा सबै प्रकारका गीतहरू सुन्न सक्छन । मेरो ममता एल्बमका गीत पनि पाचँवटै छुट्टा छुट्टै प्रकारका छन् । जसमध्ये दर्शकले ममता एल्बमका गीतमा पनि छुट्टा छुटै प्रकारका गीतहरू सुन्न सक्नेछन् । म दर्शकलाई सबै प्रकारका गीतहरू दिन चाहन्छु मलाई दर्शक श्रोताको साथ सपोटको खाँचो छ । मलाई धेरै साथ सपोट दिनु होला । म गीत सङ्गीतमा चले पनि न चले पनि निरन्तररुपमा लागि रहने छु गीत सङ्गीत भनेको मेरो जीवनको प्राण जस्तै हो । मेरो गीत सङ्गीतमा धेरै लगाव छ यो क्षेत्रको माया सधैँ भरी उतिकै रहने छ ।
पूरा अन्तर्वार्ता हेर्न तल लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend