logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एउटै फिल्ममा दिखिने : ‘पुजार सार्की’को छायाङ्कन सुरु


  • जन आकाश
  • बुधबार, माघ १७ २०८०

पोखरा । अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्त भएको छ । मंगलबार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र छायाङ्कनमा गएको छ ।



आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको छायाङ्कन सोही गाउँमा हुनेछ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र प्रकाशुमा सहकार्य गरेका थिए ।

यस चलचित्रमा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परीक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend