जन आकाश
काठमाडौँ । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो ।
समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताए ।
उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए । विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए । उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताए । उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो रु भन्ने कुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताए । उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए ।
त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । उनले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताए । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताए । समग्रमा विश्वकपबाट अनुभव लिएको बताए । त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताए । उनले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend