logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीत संगीत क्षेत्रवाट जमेका कुमार कार्की


  • जन आकाश
  • मंगलबार, माघ २३ २०८०

विनोद कार्की ।



काठमाडौं । रामेछाप जिल्लाको मन्थली न.पा २ मा आमा लिला माया कार्कीको कोखवाट जन्मेर बुबा कृष्ण बहादुर कार्कीको मायामा हुर्केका कुमार कार्की गीत संगीत क्षेत्रको चिरपरिचित नाम हो । सानै उमेरवाट नै बिभिन्न कार्यक्रममा भाग लिदै आएका कुमार कार्की युवा अवस्थामा नै थुप्रै अभिनय, सास्कृतिक कार्यक्रममा भाग लिएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने गर्थे । सानैदेखि गीत संगीत क्षेत्रेमा रुची भएकाले सुरुवाती दिनदेखि आजसम्म निरन्तर रुपमा गीत संगीत क्षेत्रमा सक्रिय छन् । कार्कीका अधिकांश सिर्जनाहरुमा मौलिक पन झल्किने गर्दछन् ।

उहाँले गरेका हरेक सिर्जनाहरु चर्चामा आउने गर्दछन् । जस्तै “पिरती अन्धो रैछ”, “घर त मेरो रामेछाप जिल्ला”, “मनको चाहाना” लगायत दर्जनौ गीतबाट चर्चा कमाई रहनु भएका कुमार कार्की पछिल्लो समय ओएस नेपाल म्युजिक अवार्डमा “मनको चाहाना” गीतबाट वेस्ट लोकदोहोरी गायक बिधाबाट जुरी अवार्ड हात पार्न सफल हुनुभएको छ । मौलिक गीत संगीतको संमक्षण प्रवधनको सक्रिय हुनुहुन्छ ।

सागीतिक क्षेत्र बिकृति र बिसंगतीको पूर्ण रुपमा अत्य हुनुपर्छ भन्ने मान्यता राख्दै कलाकारको हक हितको लागि निरन्तर सक्रिय भुमिका निर्वाह गरिराख्नु भएको छ । कार्की हाल राष्ट्रिय संगीत कर्मी संघको प्रवक्ता एवंम रामेछाप साकृतिक कलाकार समाजको अध्यक्षको जिमेवारीमा हुनुहुन्छ । अग्रजलाई समान अनुजलाई प्रोत्साहान युवासँग सहकार्य गर्ने कार्कीको उदेश्य हामिलाई धेरै राम्रो लाग्यो गीत संगीतमा सफलताको धेरै शुभकामना । जन  आकाश मिडिया प्रा. लि ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend