logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मोडल बिशाल भुजेलको अभिनयमा “छोडेर गाउँ बेसी”बोलको गीत सार्वजनिक हुँदै


  • जन आकाश
  • मंगलबार, माघ २३ २०८०

काठमाडौं । धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ४ आरुबास गाउँमा जन्मेका मोडेल बिशाल भुजेल पछिल्लो समय निकै चर्चामा आएका छन् । बिगत केही बर्षदेखि मोड्लिङ क्षेत्रमा संर्घष गर्दै आएका बिशाल अहिले मोडलिङ क्षेत्रमा निकै ब्यस्थ देखिन्छन् ।



पछिल्लो समय बिशालका जुन गीत बजारमा आयो तेही गीत दर्शक स्रोताहरुले निकै रुचाइदिएका छन् । (कोमल दिल), (पराइको डोली), (मन मिले पिरती), जस्ता दर्जनौ गीतबाट चर्चामा आएका बिशाल अहिले प्रदेशीको मर्म बोकेको निकै मार्मिक “छोडेर गाउँ बेसी” बोलको गीत माघ २६ गते शुक्रबारको दिन  (KSR MOVIES)   युटुब च्यानलबाट सार्वजनिक गर्देछन् ।

उक्त गीतमा शब्द, संगीत, स्वर भिजन ओडको रहेको छ । भिडियोमा बिशाल परियारको छायांकन र भिडियो निर्देशन अर्जुन खत्रीको रहेको छ भने बिशाल भुजेल, लोकप्रिय कलाकार रश्मि भट्ट,टिकटक भाइरल ऋतु बस्नेत, बिनोद कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

प्रदेशी जीवनमा आधारित गीत रहेको,काम सोचे भन्दा धेरै राम्रो र आश लाग्दो भएको, सबै कलाकारले उतिकै मेनहत गरेका यसै गीतका मोड्ल तथा निर्माता बिशाल भुजेल जन आकाश मिडियासँग बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend