logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“मैच्याङको गालाको कोठी” बोलको गीत बजारमा


  • जन आकाश
  • बुधबार, माघ २४ २०८०

काठमाडौं । खुशी लिम्बूको “मैच्याङको गालाको कोठी”  गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।



जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् ।

गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ । आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेका छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend