logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहिदले देखेका सपना पुरा गर


  • जन आकाश
  • बिहिबार, माघ २५ २०८०

यतिवेला सहिद दिवसको चर्चा परिचर्चा जताततै भईरहेको छ । यो माघ महिना भरी नै यो चर्चा चलिनै रहने छ । तिनै लडाकु व्याक्तिहरुले समाज व्यवस्था परिवर्तनको लागि जिवनको समेत प्रर्वाह नगरेर हासी हासी सहिद हुन तयार भए । त्यही वलिदानीवाट नेपालको राणा साशन व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्रको स्थापना भयो । हुदा हुदा धेरै वटा व्यवस्था समेत परिवर्तन भए । ति सहिद भएका व्याक्तिहरुले देखेको सपना र प्रतिस्पर्धावाट जो योग्य छ । त्यस व्याक्तिहरुले नेपालको साशन गर्नुपर्छ । किनकी दक्ष व्याक्तिहरुवाट असल साशनको शुरुवाट हुन्छ ।
असल साशनले मानिसहरुलाई असल बनाउछ । असल मानिसहरुले समाजलाई सुन्दर बनाउछन् । सुन्दर समाज बनेपछि सुन्दर देश बनाउन सकिन्छ । देश सुन्दर भएपछि संसारका मानिसले नेपाल देशको प्रतिष्ठा बढ्छ । प्रजातन्त्रको परिकल्पना यसरी गरेका हुनसक्छन् ति सहिद भएका व्याक्तित्वहरुले ।



तर नेपालमा प्रजातन्त्र स्थापना भएको ७४ बर्ष बहुदलीय व्यास्था स्थापना भएको ३३ बर्ष गणतन्त्र नै स्थापना भएको २० बर्षमा पनि नेपाल देशमा असल स्वभाव, असल व्याक्तित्वहरुले कतै अवसर पाएको पाइएको छैन । कतै कतै अवसर पाएपनि कागको बथानमा बकुल्ला जस्तै भएर बस्नु शिवाय अरु हुन सकेको छैन ।

लगभग हेर्ने हो भने नेपालमा नकरात्मक सोच भएका पटक पटक असफल भएका राजनीतिक व्याक्तिहरुले मात्र अवसर पाईराखेका छन् । त्यो भन्न सक्ने आधार भनेको नेपालको विकासको गति, अवस्था, र गाउँ गाउँमा बृद्धाबृद्धा हुनु युवा तथा सक्रीय जनशक्ति देशमा नहुनु, देशमा महगी बढ्नु, नेपालका उद्योग, कलकारखाना बन्द गरिनु, देशमा बसेर काम गरेको पैशाले बढेको महगीका कारण जिवन यापन गर्न नसक्नु जस्ता कारणहरु हुन् । यस्ता जल्दा बल्दा समस्याको आकलन गर्न नसक्ने राजनीतिक पार्टीका व्याक्तिहरु नीति बनाउने ठाउमा पुगेको र कार्यकारी पदमा समेत रहेकाछन् ।

त्यसैले शुरुमा प्रजातन्त्रको लागि लडेका सहिद, अपाङग, धाईते लगायतले देखेको सुन्दर नेपालको सपना असल साशन, मौरीको हुल जस्तो जनता तोरीको फुलवारी जस्तो देश आकाश जस्तो फराकिलो छाति भएको नेतृत्व चाहिएको थियो । तर त्यो नभएर देश महगी, अभाव, तनाव, बेरोजगार जस्त समस्याग्रस्त अवस्था छ ।

यो बेरोजगार, महगी, अभाव, तनाव सहिदले देखेको सपना होइन । सहिदले देखेको सपना सुन्दर नेपाल, असल साशन, असल साशनलाई कार्यन्वयन गर्ने असल व्यात्तित्वको नेतृत्व हो । आज यस्तै असल व्याक्तित्वको नेतृत्व देशले खोजेको छ । त्यो पुरा गराउने दाईत्व पनि लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुकै हो । सहिदले देखेको सपना जिम्मेवार लोकतन्त्रमा विश्वास गर्नेहरुले पुरा गर्नुपर्दछ । अरु तन्त्रले त्यो गर्न सक्दैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend