जन आकाश
काठमाडौं । गीत सङ्गीतमा लामो समय बिताइसकेको लोकदोहोरी गायक सिताराम परियार गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गायका कति गीत युट्युबको ट्रेन्डिङमा छन् भने कति गीतले इतिहास बनाएका छन् । “चल्यो बतास”, “युके लन्डन”,“सिन्दूर सिरैमा” जस्ता दर्जानौ गीतबाट चर्चा कमाएका लोक दोहोरी गायक सिताराम परियार जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा जोडिएका छन् । उनै गायकसँग गरेको कुराकानीलाई हामीले यस अङ्कमा यसरी प्रस्तुत गरेका छौँ ।
तपाईँको बाल्यकाल कसरी बित्यो ?
म लाहुरे परिवारमा हुर्केको एक्लो छोरो भएकालेमेरो बाल्यकाल सुखमय अवस्थामा बित्यो । मलाई घरपरिवारबाट केही कुराको कमी हुन दिनु भएन । सबैको प्यारो थिए सबैको मायामा हुुर्किए । म सानोमा सोझो थिए अहिले गीत सङ्गीत क्षत्रमा लागेर अलि बाठो भए । जे होस मेरो बाल्यकाल सुखमय अवस्थामा रमाइलो तरिकाले बित्यो ।
कलाकारहरू दिनप्रतिदिन डिप्रेसनको सिकार बन्दै छन् तपाई पनि डिप्रेसनको सिकार बन्नु भयो किन ?
आफ्नो भविष्यको बारेमा सोचाइ धेरै भयो । सानो प्रोग्राम पाउनको लागि यहाँ नाता बात, कृपावाद, कुन पार्टीको हा,जातीय कुराहरू चल्ने गर्छ । गीत सङ्गीतमा कला गला नहेरिने रहेछ । नेपालमा गीत सङ्गीतको महत्त्व छैन मान्छेहरू जो भाइरल छ उस्कैपछि दौडिने गर्दछन् । आफ्नो भविष्य परिवारको चिन्ता हरेक कुराको तनावले म बेहोस भएर अचेत अवस्थामा ढले । मलाई अचेत अवस्थामा हस्पिटलसम्म पुराइयो । कति मिडियाले सिताराम परियारले विष सेवन गरेर हस्पिटलमा छन् भनेर नराम्रा समाचार बनाए । म कसैको इख लिएर हिढेको मान्छे विष खाएर त काहा मर्थे । यो सम्योग मात्र थियो । गीत हिट हुनु विष सेवन गरो भनेर नराम्रा समाचार बन्नु । म धेरै तनावले डिप्रेसनको सिकार बने तर मैले विष सेवन गरेको हैन । सङ्गीत खबर कार्यक्रमबाट सम्पूर्ण दर्शक स्रोतालाई पुष्टि गर्न चाहन्छु ।
गीत सङ्गीतको भविष्य कस्तो छ जस्तो लाग्छ तपाइलाई ?
गीत सङ्गीतमा लागेर विदेशमा बसेकाले त आफ्नो परिवारलाई सुख, सहेल, आनन्द दिन सकेका होलान् तर नेपालमा बसेर गीत सङ्गीतमा लागेर आफ्नो दैनिकी गुजार चलाउन सक्ने स्थिति छैन । केही चलेका व्यक्तिले गाडी चढेका होलान तर प्राय कलाकारको अवस्था दुख दाही नै छ । नेपालमा नातावाद, कृपावाद चल्ने गर्छ सानो प्रोग्रामा जानालाई कुनै पाटीको झन्डा बोकेको हुनुपर्छ । कला, गला हेरिदैन् राजनीतिक पावर चल्ने गर्छ । अबको पाँच वर्षमा नेपालमा एउटा कार्यक्रम गर्नु प¥र्यो भने विदेशबाट नेपाली कलाकार झिकाउनुपर्छ । अबको पाँच वर्षमा नेपाली कलाकार सबै बिदेशीनछन् भविष्य छैन कलाकारिता क्षेत्रमा लागेर नेपालमा बिहान बेलुका छाक टार्ने गारो छ । नेपालमा गीत सङ्गीतको भविष्य लामो छैन । यो क्षेत्रको भविष्य म केही देख्दिन ।
भोलिका दिनमा दर्शकले सिताराम परियारका कस्ता खालका गीत सुन्न सक्छन् ?
भोलिका दिनमा दर्शकले सिताराम परियारका सबै प्रकारका गीत सुन्न सक्छन् । दर्शकले मेरो सिर्जनलाई मन पराइदिनु भयो भने म गीत सङ्गीत क्षेत्रमा बाची रहन्छु । आफ्नो रोजीरोटीको लागिमैले पनि विदेशको बाटो रोज्नु पर्ने हुन्छ । दर्शकको माया समय अनुसारका गीत मैले दर्शकलाई दिने कोसिस गरेको छु । “चल्यो बतास”, “राजारानी” पछि दर्शकलाई राम्रा गीत दिन नसकेको हो की जस्तो मलाई पनि लागेको छ । गीत समय अनुसारको बनाउनु पर्ने रहेछ । तर कुन गीत दर्शकलाई मन पर्छ पत्तो नै हुँदैन हामीले त सबै गीत राम्रो नै हुन्छ, चल्छ भनेर बनाउछौं । कुन गीत चल्छ कुन गीत चल्दैन थाहा हुँदैन । गीत सङ्गीतमा भाग्य, समय सबै मिल्नु पर्छ जस्तो लाग्छ मलाई । गीत सङ्गीतको यात्रा लामो छ मेरो हरेक परिस्थितिको सामना गर्दै हिढेको छु गीत सङ्गीत क्षेत्रमा लागेर दैनिकी चलाउन त्यति सजिलो छैन । मेरो गीत सङ्गीतमा भविष्य बने पनि न बने पनि सधैँ भरी नेपाली गीत सङ्गीत गुनगुनाउने गर्छु । भन्दै लोक दोहोरी गायक सिताराम परियार जन आकाश मिडियासँग बताउँछन् ।
पुरा भिडियो तला लिङ्कमा दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend