जन आकाश
काठमाडौं । प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म “महाजात्रा” को पोस्टर सार्वजनिक गरिएको छ ।
बिहीबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मका कलाकार विपीन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । जात्रा शृंखलामा फडिन्द्र (विपीन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले रूचाइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रूपमा थपिएका छन् ।
फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको पनि अभिनय छ ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते“महाजात्रा” नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend