logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“यहि त होनी माया” बोलको गीत बजारमा : विमल र गरिमाको जोडी


  • जन आकाश
  • शुक्रबार, माघ २६ २०८०

काठमाडौँ । गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत विमल अधिकारीकै रहेको गीतमा उनी मोडलिङमा समेत देखिएका छन् ।



भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको गीतको भिडियोमा विमलको अलवा गरिमा शर्मालाई पनि देख्न सकिन्छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । विमलको यस अगाडि ‘ए होर माया’ र ‘आहा माया’ आएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend