जन आकाश
काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘अगस्त्य’ को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ ।
शुक्रबार अगस्त्य फिल्मको उक्त गीत सार्वजनिक भएको हो। फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउने छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । एकतारेको शब्दमा योगीले संगीत भरेका छन् । सौरभ चौधरीले लेखेको फिल्म उनी स्वयंले निर्देशन गरेका छन् । फिल्ममा नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, रवीन्द्र झालगायत कलाकारहरूको अभिनय गरेका छन् ।
सस्पेन्स-थ्रिलर फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टले तयार गरेको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend