logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा हालसम्मकै कम योगफल


  • जन आकाश
  • बिहिबार, फाल्गुन ३ २०८०

काठमाडौं । नेपाल घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा हालसम्मकै कम योगफलमा अलआउट भएको छ ।



आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमा अल आउट भयो । २०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तपुरमा यो अहिलेसम्मकै कम योगफल हो ।

यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो । नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।

२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो । समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend