logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० सम्पन्न


  • जन आकाश
  • आइतबार, फाल्गुन ६ २०८०

काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गरेका हुन् ।



“अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको यस गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक,गायिका,शब्द रचनाकार,संगीतकार,म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक मोडल,नायक,नायिका गरी ३८ विधाका सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई निर्णायक मण्डलका सदस्यहरूले मूल्यांकन गरेर सर्वोत्कृष्ट ५ छानेका हुन् ।

निर्णायक मण्डलको प्रमुख भूमिका डिका गुरुङले निर्वाह गरेका थिए भने अन्य सदस्यहरु राजु खड्का,जि पुन,दिपक लामा,रोशन फ्युबा लामा,रेशम विश्वकर्मा,निमा पाखृन तामाङ थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा, पुर्खा जित राई तामाङ चल चित्रसंघका उपाध्यक्ष बिनयक तामाङ उपस्थित थिए। त्यस्तै मिस तामाङ -२०२३ याङ्गी पसङ वाइबा,चलचित्र निर्माता आदर्श पौडेल, मिशेष गुरुङ २०२२ निलम गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend