जन आकाश
काठमाडौं । जन आकाश मिडिया प्रा.लीले निर्माण गरेको प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने गरी स्थापना गरिएको सङ्गीत खबर कार्यक्रम अहिले दर्शक श्रोता माझ निकै लोकप्रिय बन्दै आएको छ । अहिले यो कार्यक्रम नव प्रतिभा र नयाँ कलकार मात्र नभएर गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेका राष्ट्रलाई योगदान पु¥याएका कलाकार पनि सङ्गीत खबर कार्यक्रममा जोडिन चाहन्छन् । सुमधुर स्वरको धनी नव प्रतिभा आधि राईसँगको भलाकुसारीलाई हामीले यस अङ्कमा यसरी प्रस्तुत गरेका छौँ ।
कस्ता खालका गीत सुन्ने र गुनगुनाउने गर्नु हुन्छ ?
म पुराना भाकाहरू सुन्ने र गुनगुनाउने गर्छु । मलाई पुराना भाका एकदमै मन पर्छ । प्राय जसो म राजेश पायल राई, नारायण गोपाल, भक्त राज आचार्यहरुको गीत सुन्ने र गुनगुनाउने गर्छु ।
अब गीत सङ्गीत क्षेत्रमा कसरी अगाडी बढ्नु हुन्छ ?
कला गला मात्र भएर नहुँदो रहेछ यो क्षेत्रमा लाग्न, आफ्नो मान्छे, सबैको साथ सपोट बिना केही गर्न नसकिने रहेछ यो क्षेत्रमा । कसैको साथ सपोट नमिलेरै आज पछि परेको छु । आफ्नो रोजीरोटी चलाउन काम गर्नै प¥यो । फेरी गीत सङ्गीत क्षेत्रमा लाग्न कसैलाई चिनेको पनि छैन । लगानी गरेर गीत गर्न घरको आर्थिक अवस्था पनि कमजोर छ । अब चाहिँ आफुले कमाएको केही रकम र समय छुटाएर म्युजिक सिक्ने सोच बनाएको छु । मिडियाको सायताले गीत सङ्गीत क्षेत्रमा अगाडी बढ्न सकिन्छ कि भनेर जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम सम्म आएको छु । सबैले साथ सपोट, माया गरिदिनुहुन्छ भन्ने आस राखेको छु ।
तपाईको आवाज सुनेर घर परिवार, साथीभाइले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ ?
मेरो आवाज सुनेर घर परिवार, साथीभाइले राम्रो प्रतिक्रिया दिनुहुन्छ । मेरो आवाजमा गीत रेकर्ड भएको हेर्ने सबैको धोको छ । त्यो धोको मैले पुरा गर्न सक्छुकी सक्दिन थाहा छैन स्कुल कलेजको प्रोग्राममा गीतहरू गाउने गर्थे मेरो आवाज सुनेर स्कुलका सर मिसहरू सबै जना खुसी हुनुहुन्थ्यो । सबैको साथ सपोट उतिकै मिल्थ्यो । घर परिवारको पनि ठुलो रहर छ म गायक भएको हेर्ने । आस छ दर्शकको माया साथ सपोट पाए भने गीत सङ्गीत क्षेत्रमा निरन्तर अगाडी बढ्छु ।
भोलिको दिनमा गीत सङ्गीत क्षेत्रमा कसरी अगाडी बढ्नु हुन्छ ?
भोलिको दिनमा गीत सङ्गीत क्षेत्रमा कहाँ पुग्छु त्यो त थाहा छैन । यो क्षेत्रको बारेमा त्यति अनुभव पनि छैन अब चाहिँ सङ्गीत सिकेर निरन्तर अगाडी बढ्छु । फेरी गीत सङ्गीतबाटै भविष्य बन्छ भन्नी पनि छैन । हेरौँ कहाँ पुगिन्छ जहाँ पुगे पनि गीत गाउन कहिले छोड्ने छैन गीत सङ्गीत भनेको मेरो प्राण जस्तै हो म सुखमा दुखमा जस्तो अवस्थामा पनि गीत गाउछु । भन्दै आधि राई जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा बत्ताउँछन् ।
पुरा भिडियो तला लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend