logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत सङ्गीतमा भविष्य खोज्दै नव प्रतिभा प्रकाश गजुमेर


  • जन आकाश
  • सोमबार, फाल्गुन ७ २०८०

काठमाडौं । ओखलङगाबाट गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लाग्छु भनेर काठमाडौं आएका प्रतिभाका धनि प्रकाश गजुमेर जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा जोडिएका छन् । उनै नव प्रतिभासँग जन आकाश मिडियाका रिर्पोटर विनोद कार्कीसंग गरेको कुराकानीलाई हामीले यस अंकमाप्रस्तुत गरेका छौं ।



तपाईँको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल राम्रो गायक र बिराज भट्ट जस्तै नायक बन्छु भन्ने सोचमै बित्यो । बाल्यकालमा म धेरै बिराज भट्टको फिल्म हेर्ने गर्थे मलाई पनि बिराज भट्ट जस्तै याक्सन हिरो बन्न मन लाग्थ्यो म एकान्तमा बसेर गायकसँगै बिराज भट्ट जस्तै नायक बनेको सपना बुन्ने गर्थे । साथीभाइ बटुलेर फाइट खेल्ने गर्थे । सानैदेखि मलाई गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा रुचि थियो । म गाउँघरको उकाली ओराली घाँस,दाउरा गर्दा गीत गुनगुनाउने गर्थे । बाख्रा चराउन जाँदा बाँसुरी बजाउर्थे गीत सङ्गीतका मिठा, मिठा कल्पना गर्ने गर्थे । मेरो आवाज र बाँसुरीको धुन सुन्नेहरूले सबैले गायक बन्छस भन्ने गर्थे । मेरो बाल्यकाल रमाइलो तरिकाले बित्यो । ती बालपनका साथीभाइलाई सम्झिदा बालपनको उमेर नै रमाइलो हो जस्तो लाग्छ ।

गीत सङ्गीत र कलाकारिता क्षेत्रको भविष्य कस्तो छ जस्तो लाग्छ ?
गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रको त्यति अनुभव छैन मलाई । अहिले म अवसरको खोजिमै छु । यो क्षेत्रमा दर्शकको मन जित्न सकियो भने राम्रो नै भविष्य छ। तर दर्शकको मन जित्न त्यति सजिलो छैन । “गर्न त मैले थुप्रै सिरियल, सट मुभी,”गरेको छु । तर दर्शकको मन जित्न सकिएको छैन् । यो क्षेत्रमा लागेर भविष्य नै बनाउँछु भन्ने सोच पनि बनाएको छैन । यो क्षेत्रमा कहाँ पुगिन्छ त्यो पनि थाहा छैन । गरुन जेल राम्रो गर्ने प्रयास गर्छु । यो क्षेत्रको भविष्य यस्तो नै छ चाहिँ भन्न सक्दिन ।
तपाई कस्ता खालका गीत गुनगुनाउने गर्नुहुन्छ ?
म प्राय सबै प्रकारका गीत सुन्ने र गुनगुनाउने गर्छु विशेष चाही म आधुनिक गीत सुन्ने र गुनगुनाउने गर्छु मलाई मन पर्ने गायक राजेश पायल राई हुनुहुन्छ । म प्राय राजेश पायल राईको गीत सुन्ने र गुनगुनाउने गर्छु ।

लामो समयदेखि दोहोरीमा काम गर्दे आउनु भएको छ दोहोरीबाट रोजीरोटी चलाउन कतिको सहज छ ?
दोहोरीबाट कमाएको रकमले आफू र आफ्नो परिवारलाई खुसी बनाउन सक्ने स्थिति छैन् । म बेलुका दोहोरीमा काम गरेर पनि दिउसो अरू काम गर्छु । काठमाडौंको महँगी सबैलाई थाहा नै छ । दोहोरीबाट कमाएको रकमले आफ्नो रोजीरोटी चलाउन गारो छ । कमाइ नहुने होइन हुन्छ, तर थोरै मात्रमा हुन्छ । दोहोरीको कमाईबाट काठमाडौंमा रमाउन त्यति सजिलो छैन । बाँसुरीको धुन अनि मिठा मिठा गीत गाउर्दै नव गायक प्रकाश गजुमेर जन आकाश मिडियासँग रमाइलो कुराकानी गर्दछन् ।
पुरा अन्तर्वार्ता तला लिङ्क दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend