logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महाशिवरात्रिको दिनमा रिलिज हुने चलचित्र ‘रङ्गेली’ को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, फाल्गुन १० २०८०

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिनमा रिलिज हुने चलचित्र ‘रङ्गेली’ को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमका बिच रिलिज गरिएको ट्रेलरमा ‘डर र शक्तिको खेल’ को दृश्य देखाइएको छ ।



चलचित्रका प्रमुख कलाकार सबै अटेको ट्रेलरले तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरेको छ । कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी ‘रङ्गेली’ दर्शकले चाहेका जस्तो चलचित्र बनाउने कोसिस गरेका बताए ।

अभिनेता रुपेश झाले ‘रङ्गेली’ ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ ।

चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ । चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् ।

विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । चलचित्रका छायाकार सुशन प्रजापति हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend