जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन. ३ रस्नालुमा स्थापित गोकुलगंगा माविको स्वर्ण जयन्ती अर्थात (५०) औ बर्ष पुग्न लागेको अवसरमा बिभिन्न अत्तिरिक्त क्रियाकलाप गराउने र विविध कार्यक्रम गरी १५ गते भव्य बनाउने कार्यक्रम अनुसार मिति २०८० साल फागुन १२ गते गोकुलगंगा माविको खेलकुद मैदान गोकुलगंगा रंगाशालामा गोकुलगंगा माविका विविस अध्यक्ष हरि बहादुर सुनुवारको सभापतित्वमा गोकुललगंगा गाउँपालिकाकी उपाध्यक्षको प्रमुख अतिथिमा सोही गाउँपालिकाका अध्यक्ष नर बिक्रम कार्कीको विशेष अतिथि, पालिका भित्रका माविका विविस अध्यक्ष,सदस्यहरु, प्रद्यानध्यापक, खेल शिक्षकहरु, राष्ट्रिय कराते प्रशिक्षक शुक्र माझी तथा भलिबल प्रशिक्षक एलसल श्रेष्ठ, जन आकाश मिडियाका अध्यक्ष मोहन कार्की, जन आकाश साप्ताहिकका संवादाता विनोद कार्की लगायतको अतिथिमा कार्यक्रम भएको हो । कार्यक्रमलाई आकार्षण बनाउनको लागि छोटो मिठो बनाईएको थियो ।
कार्यक्रममा उपस्थित खेलाडी, प्रशिक्षक, विद्यार्थी, अभिभावक, दर्शक आगन्तुक पाउनाहरुलाई गोकुलगंगा माविका शिक्षक तथा गोकुलगगा गाउपालिका शिक्षक संघका अध्यक्ष आनन्द बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
त््रयसैगरी गोकुलगंगा माविका प्रद्यानध्यापक छत्र बहादुर सुनुवारले सोही अवसरमा मन्तव्य राख्दै भाइबहिनीहरुको प्रतिभा प्रष्फुटन होस् भन्ने हेतुले थुप्रै खालका अतिरिक्त
क्रियाकलाप गरेको र यस अवसरमा भाईबहिनीहरुको उत्साहजनक सहभागिताले गोकुलगंगा माविलाई हौशला प्रदान गरेको भनि धन्यावाद दिएका थिए ।
गोकुलगंगा गाउँपाकिला वाडन ३ का वडा अध्यक्ष नर बिक्रम काकींले यस वडामा आएर खेलमा सहभागी अन्य वडाका विद्यार्थी, शिक्षक, जन प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी सवै तह र तप्काका सवैमा धन्यवाद व्यक्त गरेका थिए ।

पालिकाकी उपाध्यक्ष उषा कार्कीले अफुलाई यति महत्वपूर्ण कार्यक्रम बोलाईदिनु भएको धन्यवाद भन्दै खेल खेल्दा अनुशासित भएर खेलेर जित्ने खेलाडीहरुलाई अग्रीम शूभकामना दिएकी थिइन ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथि समेत रहेकी पालिकाकी उपाध्यक्ष उषा कार्की र ३ न वडा अध्यक्ष नर बिक्रम कार्की बीच भलिबल सर्भिस गरेर खेल आरम्भ भएको हो ।
आज भएका खेलहरु
भलिबल
जन जागृती मावि बेताली र शारदा मावि ठोसे बीच भएको खेलमा शारदा माविले बाजी मारेको छ । त्यसैगरी नमाडीको कमला मावि र जन जागृति मावि बीच भएको खेलमा नमाडीले बाजी मारेको छ । त्यसैगरी जट्टेवरी मावि गर्जाङ र शारदा मावि ठोसे बीच भएको खेलमा जट्टेश्वरी माविले विजय हाशिल गरेको छ । त्यसैगरी जट्टेश्वरी मावि गर्जाङ र गोकुलगंगा मावि रसनालु बीच भएको खेलमा जट्टेश्वरी माविले गोकुलगंगा मावि रसनालुलाई पराजित गरेको छ । उक्त प्रतियोगितमा ५ टिमको सहभागिता रहेको छ । जसमा जन जागृति मावि लिगवाट आउट भएको छ ।

अन्तर वडा भित्र दौड प्रतियोगिता
ससना बालबालिकाहरु बिच दौड प्रतियोगिता भएको छ । जसमा छात्रा तर्फ १०० मिटर दौडमा भीम आवशिय माविकी करुणा खाती प्रथम, भैरवी आ.वि.की सरु शेर्पा द्धितिय, गोकुलुगंगा माविका तृतिय भएकी थिइन ।
त्यसैगरी छात्र तर्फ १०० मिटर दौडमा तावे आ.वि.का पाशाङ टेण्डी शेर्पा प्रथम, भैरवी आ.वि.का दा शाङगे शेर्पा द्धितिय, गोकुलगंगा माविका केशर सुनुवार तितृय भएका छन् । उक्त खेलमा विजय हाशिल गर्ने खेलाडीहरुलाई आज नै प्रमाण पत्र र नगद पुरुस्कार समेत वडा अध्यक्ष र विविस अध्यक्षको हातवाट सम्मान गरिएको छ । विजय शाशिल गर्ने आ.वि. र माविहरुलाई समापन कार्यक्रममा प्रमाण पत्र र पुरुस्कारले सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।
उदघाटन कार्यक्रममा विद्यार्थी कलाकारहरुले विविध सास्कृतिक कार्यक्रम गरी मनोरञ्जनात्मक बनाइको छ । बाकी रहेका खेलकुदका कार्यक्रमहरु भोलि अर्थात १३ गते सोही रंगशालामा हुनेछन् ।
२०८० फागुन १५ गते गोकुलगंगा माविको स्वर्ण जयन्तीको अवसरमा माविको प्रगणमा भव्य कार्यक्रम गरी समापन गर्ने कार्यक्रम रहेको छ । समापन कार्यक्रमको प्रमुख अतिििथ प्रतिनिधिसभा सभामुख दवराज घिमिरे आउने अग्रीम जानकारी गोकुलगंगा माविका प्रद्यानध्यापक छत्र बहादुर सुनुवारले जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend