जन आकाश
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा कबड्डी निर्णायक तथा प्रशिक्षक तालिम सुरु भएको छ । यो तालिम आउँदो शुक्रवार १८ गते सम्म चल्ने रामेछाप जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाका आठ वटै स्थानीय तहका प्रशिक्षार्थीहरूको सहभागितामा जिल्ला सदरमुकाम मन्थलीमा प्रशिक्षण प्रारम्भ भएको हो ।
बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठको प्रमुख अतिथिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरको अध्यक्षतामा सुरु भएको तालिम तथा प्रशिक्षणले आगामी दिनमा हुने कबड्डी प्रतियोगिताको लागि निर्णायकले खेल्नु पर्ने भूमिका र गतिविधि बारे सचेतना दिइने र रामेछाप जिल्लामा नै यस खालको प्रतियोगिता प्रभावकारि र पहिलो भएको रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाघा मगरले कार्यक्रममा बताएका छन् ।

अहिले कबड्डीका प्रशिक्षक नहुँदा जिल्ला बाहिरबाट चर्को मूल्य तिरेर ल्याउनु पर्ने बाध्यता छ । यो प्रशिक्षण पछि रामेछापमा कबड्डि प्रशिक्षक जिल्ला भित्र नै उपलब्ध हुने गरि यो प्रशिक्षण कोशेढुङा हुने विश्वास लिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend