जन आकाश
रामेछाप । रामेछापको गोकुलगगा गाउपालिका वाडन ३ रस्नालुमा स्थापित गोकुलगगा माविको स्वर्ण जयन्ती भव्य कार्यक्रम गरि मनाउने तयारी अनुसार यहि फागुन १२ गतेदेखि शुरु भएको अन्तर पालिका भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ।
आज भएको पुरुष तर्फको खेलमा सेमिफाइनल जित्दै फाइनलमा पुगेको नमाडिको कमलादेवि मावि र सेमिफाइनल जितेर आएको जट्टेस्वरि मावि बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलादेवि माविले जट्टेस्वरि माबिलाइ हराएर ट्रफी जितन सफल भएको छ । सेकेन्ड जट्टेस्वरि मावि भएको छ।
त्यसैगरी तेस्रोको लागि भएको पुरुष तर्फकै प्रतिस्पर्धामा शारदा मावि ठोसेले गोकुलगगा मावि रस्नालुलाइ पराजित गरि तेस्रो पोजिशन पक्का गरेको हो । गोकुलगग माविले सान्त्वनामा चित्त बुझाएको छ।
आज नै भएको महिला तर्फको भलिबलमा शारदा मावि ठोसेले गोकुलगगा माविलाइ फाइनलमा पराजित गरि ट्रफी शारदा माविले उचालेको छ। सेकेन्ड गोकुलगगा मावि भएको छ।
त्यसैगरी तेस्रोको लागि भएको महिला भलिबल प्रतिस्पर्धामा कम्लादेवि मावि नमाडि र जट्टेस्वरि मावि बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलादेवि मावि तेस्रो हुन सफल भएको छ। जट्टेस्वरि माविले सान्त्वनामा चित्त बुझाएको छ।
स्वर्ण जयन्तीको अवसरमा प्रतिस्पर्धा गराइएका खेलहरु सवै सकिएका छन् । भोलि १४ गते १५ गतेको कार्यक्रम भव्य बनाउन गोकुलगगा मावि सिगार्न, झकिझकाउ बनाउन आयोजक लागिरहेका छन् ।
आज भलिबल खेल समाप्त पस्चात खेलाडीहरुलाइ पुरुस्कार, प्रमाणपत्र, ट्रफि गोकुलगगा गाउपालिकाका अध्यक्ष काजि बहादुर खड्काको हातवाट सम्मानित गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend