logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भारतमा सवारीसाधनको बिक्री ४ देखि ७ प्रतिशतले घट्ने अनुमान


  • जन आकाश
  • बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं– भारतमा आगामी आर्थिक वर्षमा व्यावसायिक सवारीसाधनको बिक्री ४ देखि ७ प्रतिशतले घट्ने अनुमान गरिएको छ । रेटिङ एजेन्सी इक्राले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा घरेलु कमर्सियल गाडी (सीभी) को बिक्रीमा आगामी आर्थिक वर्षमा उक्त गिरावट आउने अनुमान गरिएको हो ।



‘आमनिर्वाचन अगाडिको नमुना आचारसंहिता लागू भएपछि पूर्वाधार गतिविधिमा देखिएको अवरोधका कारण जनवरी मार्च त्रैमासिकमा सीभी बिक्रीको भोल्युम कम रहने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।्

इक्राले घरेलु सीभी उद्योगमा आर्थिक वर्ष २०२४ मा वार्षिक २ देखि ५ प्रतिशतले मात्रा वृद्धि हुने अनुमान गरेको छ ।

तर इक्रा रेटिङ्सका उपाध्यक्ष तथा सह–समूह प्रमुख किञ्जल शाहले कमर्सियल सवारीसाधनको दीर्घकालीन माग यथावत रहने आशा व्यक्त गरेका छन् ।

घरेलु सीभी उद्योगको अघिल्लो विन्दुहरू छुन सक्ने क्षमता म्याक्रो–आर्थिक वातावरणको स्थिरता, पूर्वाधार गतिविधिमा सुधार र अन्तिम माइल यातायातको बढ्दो मागमा निर्भर गर्ने इक्राको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा पनि यो वर्ष घरेलु सीभीको बिक्रीमा ७० प्रतिशतसम्मले गिरावट आएको छ । यो क्रम आगामी आर्थिक वर्षसम्म पनि रहिरहने व्यवसायीहरूको अपेक्षा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend