जन आकाश
काठमाडौं । २६ फेब्रुअरीको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ । BYD, को मोडल BYD SEAL ले “वोर्ल्ड कार ओफ द यर” र BYD DOLPHIN , ले “वोर्ल्ड अरबन कार” श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन् ।
BYD वोर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ । विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका वोर्ल्ड कार अवार्ड युरोपीयन कार ओफ द यर र नोर्थ अमेरिकन कार ओफ द यर अत्यधिक रुपमा प्रशंसित छन् विश्वमा अटोमोटिभ ओस्कर को नाममा प्रसिद्ध भएको वोर्ल्ड कार अवार्ड स विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ । BYD को असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो ।
यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण , २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेष ज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा, BYD SEAL र BYD DOLPHIN ने Euro NCAP र ANCAP परीक्षणमा पनि पाँच-ताराको रेटिङ प्राप्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend