logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

YANGWANG ले ल्यायो U9, मुल्य १.६८ मिलियन RMB


  • जन आकाश
  • बिहिबार, फाल्गुन १७ २०८०

काठमाडौं । • BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपरकार मोडल U9, मूल्य १.६८ मिलियन RMB मा सार्वजनिक गरेको छ ।



• YANGWANG U9  को अधिकतम गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमीटर प्रति घण्टा मात्र २.३६ सेकेण्डमा • YANGWANG U9 दुई मुख्य प्रविधिले सुसज्जित छ, e4  प्लेटफर्म र DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली, जसले सम्पूर्ण इलेक्ट्रिक सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने सुनिश्चित छ ।

विद्युतीय सवारीसाधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी,BYD ले आफ्नो पहिलो प्रीमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल U9 को अनावरण गरेको छ । बिक्री मूल्य १.६८ मिलियन RMB तोकिएको YANGWANG U9 को बिक्री वितरण यहि बर्षको गर्मीमा गरिने छ ।

टाइम गेट  डिजाइनको भाषालाई अनुशरण गर्दै, YANGWANG U9 ले  विशिष्ट सौन्दर्यकला प्रतिबिम्वित गर्दछ, जसले नौंलो समानुपात, र पावर को बोध गराउँछ र एक सम्पूर्ण इलेक्ट्रिक सुपरकारको व्यक्तित्व प्रतिबिम्बित गर्दछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend