logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायक शिव सागर खड्का,बिनोद कार्की र रितु बस्नेतको अभिनयमा “अंगालो कसौला” गीत बजारमा


  • जन आकाश
  • बिहिबार, फाल्गुन १७ २०८०

काठमाडौं । गायक शिव सागर खडकाको आवाज रहेको निकै रमाईलो कमेडी “अँगालो कसौला” बोलको गीत शिव सागर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द,संगित ,आवाज शिव सागर खडकाको रहेको छ भने रामकृष्ण थापाको यारेन्ज, नरेन्द्र बियोगिको मिक्सिङ रहेको छ । मुकेश हुमागाइको  क्यामेरा र संगित सागर बुर्जाको निर्देशन रहेको गितमा सामाजिक सञ्जालमा उत्पट्याङ भिडियोले भाइरल भएकी रितु बस्नेत, कमेडी कलाकार बिनोद कार्की ,मोतिराज खनाल, शिव सागर खड्का र साइड कलाकारहरुमा पुरुसोतम साहकर्मी , मेनुका फुयाल, सुवास पाण्डे,काब्य मगर , सारमण श्री लागुन, छायाँ थापा , कपिल खड्का, अस्मिता खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

उत्त गीतको शब्द सुन्दा र भिडियो हेर्दा समाजमा नपच्ने छाडा सैलिमा प्रस्तुत गरेको देखिन्छ । गीतमा लुङगिले छोप्दिउला,दश लाख तिरौला जस्ता शब्दको प्रयोग गरेर नायक पलसाहलाई ब्याङ्गे हानेको देखिन्छ । पछिल्लो समय यस्ता समाजमा नपच्ने अराजक भिडियो र अस्लिम शब्दका गीतहरु बजारमा निकाली कलाकारहरु बिवादमा परेका देखिन्छ्न यो गीत पनि अहिले बिवादमा छ ।

यो भन्दा पहिला गायक खड्काको थुप्रै राम्रा गीतहरु बजारमा थिए । जस्तै निष्टुरी भएउरे, यो नयाँ जोडि, ट्राफिक जाम, कति राम्रो रामेछापको सिन, मिनेट मिनेटमा जस्ता दर्जनौ शन्देस मुलक गीत बजारमा ल्याएका गायकले अहिले किन यस्तो उत्पट्याङ छाडा गीत बजारमा ल्याए भनेर दर्शकले कमेन्टमा गुनासो गरेकाछन् । सामाजिक सन्जालमा भाइरल रितु बस्नेतको अभिनय देखेर दर्शकले मुख छाडेर गाली गरेका देखिन्छ ।

पुरा भिडियो तल लिङकमा दिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend