logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गोकुलगंगा माविको स्वर्ण जयन्ती भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • आइतबार, फाल्गुन २० २०८०

मोहन कार्की ।
रामेछाप जिल्ला गोकु्लगंगा गाउँपालिका वाडन ३ रस्नालुको पात्लेमा २०३१ सालमा स्थापना गरिएको विद्यालय २०५२ सालमा नि.मा.वि.मा स्तर उन्नति गरिएको ऐतिहासिक विद्यालय हो । २०६७ सालवाट प्लस टुको पठन पाठन गराउदै आएको गोकुलगंगा माविले १००० भन्दा बढी विद्यार्थीहरुलाई एसईई(एस.एलसी सहित) उत्रिर्ण गराउन सफल भईसकेको छ ।



त्यसैगरी ३०० भन्दा बढी विद्यार्थीरुले गोकुलगंगा माविवाट प्लस टु सफलता पूर्वक उत्रिर्ण गरिसकेका छन् । यस विद्यालयवाट शिक्षा हाशिल गरेका विद्यार्थीहरु राष्ट्रका बिभिन्न तह र ओहोदामा पुगेका छन् ।

यही गोकुलगंगा माविले यहि मितिः २०८० साल फागुन १५ गते प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको प्रमुख अतिथिमा, विद्यायय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर सुनुवारको अध्यक्षतामा स्वर्ण जयन्ती समारोहको आयोजना गरी भव्य रुपमा मनाएको छ ।

उक्त स्वर्ण जयन्ती समारोहमा रामेछाप जिल्लाका प्रतिनिधिसभाका सदस्य पुर्ण बहादुर तामाङ,बागमती प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, पूर्व संसद कमल प्रकाश सुनुवार, निवर्तमान बागमती प्रदेश सभासद शान्ति प्रसाद पौडेल,रामेछाप जिल्ला विकास समिति समन्वय प्रमुख चिना कार्की, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्लाका बिभिन्न निकायका प्रमुखहरु,गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का, उपाध्यक्ष उषा कार्की, गोकुलगंगा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार यादव, निवर्तमान अध्यक्ष खड्क बहादुर सुनुवार, उपाध्यक्ष राधिका श्रेष्ठ, गोकुल गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुुरक्षाकर्मीहरु, बिभिन्न सामाजिक क्षेत्रका अगुवाहरु, अभिभावकहरु, विद्यार्थीहरु र स्थानीयको बिशाल उपस्थितिमा स्वर्ण जयन्ती समारोहका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

साथै विध्यालय हाताभित्र नवनिर्मित मन्दिरको पनि सोही स्वर्ण जयन्तीको अवसरमा प्रमुख अतिथि सभामुख घिमिरेद्धारा नै उद्घाटन गरिएको थियो । प्रमुख अतिथिवाट माविको स्वर्ण जयन्तीको अवसरमा प्रकाशित स्मारिका पनि उदघाटन गरिएको थियो । स्विर्ण जयन्ती समारोह कार्यक्रमको प्रस्तुति त्यसै विद्यालयका शिक्षक बिष्णु पौडेलले शुरुमा सञ्चालन गरेका थिए भने दोस्रो चरणमा गुणा बहादुर विकले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य स्वर्ण जयन्ती मूल समारोह समितिका सदस्य लोक बहादुर सुनुवारले राखेका थिए । उनले आमन्त्रिण प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथि लगायतलाई कार्यक्रममा स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए ।

विद्यालयका शिक्षक र विद्यार्थीहरुले स्वगत गीत प्रस्तुत गरेका थिए । स–सना बालबालिकाले बालबालिका सम्बन्धि नृत्यको प्रस्तुति दिएका थिए । कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्न स्थानीय सस्कृति झल्कने नृत्य, स्वदेश गान, तथा राष्ट्रिय एकता कायम गर्ने राष्ट्रिय गीतहरु प्रस्तुत गरिएको थियो । सिन्धुली कला घरवाट आएका कलाकारले पञ्जे बाजाको धुनमा प्रस्तुति दिएका थिए ।
माविले स्थापना कालदेखि वर्तमानसम्म गरेका प्रगतिका वारेमा त्यसै माविका प्रधानध्यापक छत्र बहादुर सुनुवारले विस्तृतमा विवरण प्रस्तुत गरेर सार्वजनिक गरेका थिए । प्रद्यानध्यपकले गौरी शंखर हिमालको सुन्दर दृष्य अगाडी तावेको फेदमा रहेको विद्यालयलाई यो अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सवैलाई कोटी कोटी नमन गरेका थिए । उनले विद्यालय स्थापना गर्न भुमिका निर्वाह गर्नुहुने ज्ञात अज्ञात त्यतिवेलाका संस्थापकहरुलाई सम्झना गरेका थिए ।

कार्यक्रमलाई छोटो बनाउनको लागि आमन्त्रित मध्य एक एक क्षेत्रका एक व्याक्तिलाई मात्रै शूभकामना मन्तव्य राख्न दिएको थियो । सोही अनुरुप बिभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने व्याक्तिहरुले शुभकामना दिएका थिए ।

मन्तव्यकै क्रममा गोकुलगंगा गाउँपालिका वर्तमान अध्यक्ष काजी बहादुर खड्का र निवर्तमान अध्यक्ष खड्क बहादुर सुनुवारले मञ्चवाट एक अर्कोलाई ईगित गरी पटाक्षेप गरेका थिए । निर्वतमान अध्यक्ष खडक बहादुर सुनुवारले संघियता लागु भएपछिको प्रशासनिक सयन्त्र नै नभएको वेलामा पनिा आफुले गोकुलगंगालाई बागमती प्रदेशको ५ औ नम्बरमा पु¥याउन सफल भएको र अहिलेको नेतृत्वले का एकदम कछुवा गतिमा गरेको जनताको भनाई आएको छ । यसले कतै हाम्रो पालिका पछाडी पर्ने त होइन भनेर शूभकामना राख्ने त्रममा बताएका थिए ।

त्यसपछि लगतै शुभकामना मन्तव्य राख्ने पालो पाएका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले प्रतिउत्तरमा भौतिक सरचना मात्र बनाएर हुदैन । त्यसले पछि भवनमा बस्ने मानिस भएन भने के गर्नु त्यसैले दुरगामी अवस्थालाई हेरेर नीति बनाउनुपर्छ । हाम्रो गाउँपालिकामा अरु केही गर्न नसकेपछि अनियमियता कम गराउनेमा आफु लागिरहेको बताएका थिए । उनले आफ्नो बुबा उक्त गोकुलगंगा माविको सस्थापक प्रद्यानध्यापक हुन भएको हुनाले उक्त माविलाई सोही अवसरमा आफ्नो गाउँपालिकावाट प्राप्त हुने तलव भत्ताको सेवा सुविधावाट २ लाँख अक्षय कोषमा राख्ने भनेर घोषणा गरेका थिए ।

उक्त अवसर पारेर गोकुलगंगा माविका संस्थापक अध्यक्ष पूर्व प्रधानपञ्च जग्गा दाता चन्द्र बहादुर सुनुवार, संस्थापक स्वर्गीय पुर्ण बहादुर खड्का धर्मपत्नी लगायतका संस्थापक शिक्षकहरु र भूपु शिक्षकहरु,माविलाई सहयोग गर्ने चन्दादाताहरु, माविलााई २०३१ सालदेखि निरन्तर रुपमा सेवा दिएको भनेर प्रद्यानध्यापक छत्र बहादुर सुनुवार, सञ्चार क्षेत्रवाट प्रचार प्रसारमा सहयोग गरी स्मरणीय योगदान गरेकोमा जन अकाश मिडियाका अध्यक्ष मोहन कार्कीलाई सम्मान पत्रको व्यहोरा सुनाई सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि तथा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले माविको स्वर्ण जयन्ती समारोहमा शुभकामना दिदै भने “गोकुलगंगा गाउँपालिका भूगोलको हिशावले पौराणिक ऋषि मुनिहरु देखि प्राकृतिक सुन्दरता भएको, याहाको सुन्दरताले पर्यटनको विकासको सम्भावना, कृषिमा आधुनिक कृषिको सम्भावना, जडीबुटीको सम्भावना, विगतमा नै जलविद्युत उत्पादन गर्न सफल भईसकेको र निर्माण चरणमा समेत रहेको जलस्रोतको प्रचुर सम्भावना, शिक्षा क्षेत्रमा पनि गोकुलगंगा माविले विगतको स्तर अनुसारको प्रगति गरेको पाएको छु । आउदा दिनमा नयाँ शिक्षा नीति सहित यहा अध्ययन गर्ने विद्यार्थीहरु अब्बल हुन सवैले शिक्षा प्राप्त गरुण भन्ने मेरो शुभकामना रहेको छ । अहिलेको समय अनुसार नयाँ शिक्षा नीति सदनमा पेश भएको छ । म यसै मञ्चवाट पनि प्रतिनिधिसभाका सदस्यहरुलाई छिट्टै नयाँ शिक्षा ऐन पास गर्न अनुरोध गर्दछु । मलाई नयाँ शिक्षा नीति ऐन चाडै पास हुन्छ भन्ने विश्वास लागेको छ ।” भन्दै आफ्नो धारणा राखेका थिए ।

प्रमुख अतिथिलाई स्वगत गर्न जिल्लाका महत्वपूर्ण व्याक्तित्वहरु विहानै रस्नालुको पात्लेमा पुगिसकेका थिए । सुरक्षाकर्मीहरु सुरक्षा दिईरहेका थिए । आयोजकले सिन्धुली कला घरका कलाकारहरुलाई झिकाई प्रमुख अतिथि लगायत अतिथिहरुलाई पञ्चे बाजाको झाँकी सहित स्वागत गरेका थिए । सभामुख आउने वाटोमा मानिसहरुको भिड रहेको थियो । पात्ले वरिपरिका घरका छतमा समेत मासिहरु बाक्लो रुपमा रहेको थियो । माविका सम्पुर्ण परिवार प्रवेशद्धारमा माला र फूल लिएर स्वागत गर्न बसेका थिए र अतिथिहरुलाई फूल र मालाले मुस्कान सहित स्वागत गरेका थिए ।

माविका विद्यार्थीहरुले प्रमुख अतिथिलाई गुराँशको फूलले स्वागत गरेका थिए । सभामुख खुशी मुद्रामा बालबालिकाहरुसँग कुराकानी गर्दै कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । सुरक्षाकर्मीहरु आफ्नो कर्तव्य निर्वाह गर्दै भीडमा सुरक्षा दिईरहेका थिए । विद्यालयका स्काउट टोलीले अतिथिहरुलाई ताली बजाएर स्वागत गर्नुका साथै सलामी अर्पण समेत गरेको थियो ।
स्वर्ण जयन्तीको अवसर पारेर गोकुलगंगा माविले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय भलिबल प्रतियोगिता र वडास्तरीय रनिङ खेलकुद प्रतियोगिता १२ र १३ गतेवाट नै शुरु गरको थियो ।

भलिबल प्रतियोगितामा पुरुष तर्फ कमलादेवी मावि नमाडी प्रथम, जट्टेश्वरी मावि गर्जाङ दितृय, शारदा मावि ठोसे तितृय र गोकुलगंगा माविले सान्त्वना प्राप्त गरेको थियो । सहभागी टिम मध्य जनजागृत मावि बेताली लिग चरणवाट नै बाहिरीएको थियो ।

त्यसैगरी भलिबल महिलातर्फ भएको प्रतिस्पर्धामा शारदा मावि ठोसे प्रथम, गोकुलगंगा मावि द्धितिय, कमलादेवी मावि तृतिय र जट्टेश्वरी मावि सान्त्वना प्राप्त गर्न सफल भएका थिए । सेतीदेवी मावि साङवा डाडा र श्री मावि र्फपुले भने प्रतियोगितामा भाग लिएका थिएनन् ।

सोही अवसरमा ३ न. वडास्तरीय दौड प्रतियोगितमा पनि गरिएको थियो । १०० मिटर छात्र तर्फको दौड प्रतियोगिताको प्रतिस्पर्धामा ताबे आधारभूत विद्यालयका तेण्डी शेर्पा प्रथम, भैरवी आधारभूत विध्यालयका साङगे शेर्पा द्धितिय, गोकुलगंगा माविका केशर सुनुवार तृतिय भएका थिए ।

त्यसैगरी छात्रा तर्फको १०० मिटर दौड प्रतिस्पर्धामा भीम आधारभूत विद्यालयकी करुणा खाती प्रथम, भैरवी आधारभूत विध्यालयकी सरु शेर्पा द्धितिय,गोकुलगंगा माविकी सुदीना कार्की तृतिय भएकी थिइन ।

४०० मिटर छात्रा तर्फ रिले दौड तर्फ भैरवी आधारभूत प्रथम,गोकुलगंगा द्धितिय,भीम आधारभूत विध्यालय तृतिय भएको थिए ।
४०० मिटर छात्रा तर्फ भैरवी आधारभूत विद्यालय प्रथम,गोकुलगंगा मावि द्धितिय , पुर्ण आधारभूत विद्यालय तृतिय भएको थियो ।
प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धा गरेर प्रथम, द्धितिय, तृतिय हुने खेलाडीहरुलाई ट्रफी, पुरुस्कार र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

फागुन १२ गतेवाट भव्य रुपमा शुरु भएको गोकुलगंगा माविको स्वर्ण जयन्ती १५ गते सम्पन्न गर्ने अग्रीम निधो भएको भएपनि कार्यक्रम सम्पन्न गर्न समय अपुग भएको कारण १६ गते समापन गरिएको थियो ।

त्यस स्वर्ण जयन्तीको स्थलगत रिपोर्टको लागि जन आकाश मिडियाका संवादादाता विनोद कार्कीले जन आकाशको पेजवाट प्रत्यक्ष प्रशारण गरेका थिए ।

गोकुलगंगा माविको स्वर्ण जयन्ती समारोह कार्यक्रमका अध्यक्षता गरेका तथा त्यसै माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका हरि बहादुर सुनुवारले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथि, अभिभावक, पूर्व विद्यार्थी, विद्यार्थी लगायत सवैलाई धन्यवाद दिदै आफ्ना भनाई राखेर ५ दिनसम्म चलेको स्वर्ण जयन्ती कार्यक्रम समापन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend