जन आकाश
काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend