जन आकाश
काठमाडौं । सुर्खेत जिल्ला सिम्ता गाउँपालिका वडा नं ४ मा जन्मेकी मोडेल रितु बस्नेत पछिल्लो समय निकै चर्चामा आएकी छिन् । विगत केही वर्षदेखि सिरियल, सट भिडियोमा संर्घष गर्दै आएकी रितु बस्नेत पछिल्लो समय मोडलिङ क्षेत्रमा निकै ब्यस्थ देखिन्छन् ।
पछिल्लो समय हेर्ने हो भने रितुको जुन गीत बजारमा आयो त्यही गीत दर्शक, श्रोताहरूले निकै रुचाइदिएका छन् । “अब त मायाँ लाउ, भैगो अब, छोडेर गाउँ बेसी, अँगालो कसौला” जस्ता दर्जनौँ गीतबाट चर्चामा आएकी रितु बस्नेतको पछिल्लो समय “अँगालो कसौला” गीत शिव सागर अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
सोही गीत छोटो समयमै सामाजिक सञ्जालमा निकै चर्चामा आएको देखिन्छ । उक्त गीतको शब्द/सङ्गीत/ आवाज शिव सागर खड्काको रहेको छ । भने रामकृष्ण थापाको यारेन्ज, नरेन्द्र बियोगिको मिक्सिङ रहेको छ । मुकेश हुमागाईँको क्यामेरा र सङ्गीत सागर बुर्जाको निर्देशन रहेको गीतमा रितु बस्नेत, कमेडी कलाकार विनोद कार्की र शिव सागर खड्काको अभिनय रहेको छ । गीत हेर्दा उटपट्याङ,ठट्यौली साइड कलाकार राखेर हास्यव्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।
सबै कलाकारले उतिकै मेहनत गरेका, काम सोचे भन्दा धेरै राम्रो भएको, नेपाली पोसाक धोती चोलीमा सजिदा आफूलाई धेरै राम्री देखिएको मोडल ऋतु बस्नेत जन आकाश मिडियासँग बत्ताउँछिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend