logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“गासेर प्रिति” बोलको गीत बजारमा


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ ।



सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो । शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ । यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा.उपाध्यायले जानकारी दिए । डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेकाछन् । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend