logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रिय ह्वीलचियर बास्केट बल च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बल एपीएफलाई


  • जन आकाश
  • मंगलबार, फाल्गुन २२ २०८०

कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् ।



सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बीनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ ।

त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै लुम्बीनी उपविजेता बनेको छ । साथै कोशीले प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend