logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका निता आचार्यको स्वरमा ‘चुप चाप’ गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, फाल्गुन २३ २०८०

काठमाडौँ । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज गीतमा छ ।



गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुष्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायाङ्कन रहेको भिडियो किरण श्रेष्ठले निर्देशन गरेको हुन् । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दर्शक श्रोताका लागि राम्रो गीत र भिडियो ‘चुप चाप’ मार्फत दिने प्रयास आफूले गरेको गायिका आचार्य बताइन् । आचार्यका यसअघि ‘जिन्दगी, झिमझिम परेली, गरिदेऊ बिदा, मनको धोको’ जस्ता लोकप्रिय गीत  छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend