logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत रेकर्ड गर्ने सपनामा दिनहरू बिताउँदै : राजेन्द्र राई


  • जन आकाश
  • बुधबार, फाल्गुन २३ २०८०

काठमाडौं । पछिल्लो समय जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम प्रतिभाको चौतारी साझा थलो बन्दै गएको छ । सङ्गीत खबर कार्यक्रममा प्रतिभादेखि स्थान नपाएका अवसरको खोजीमा भौतारिएका नव प्रतिभा सम्मका व्यक्तिले आफ्नो प्रतिभा देखाउने गर्दछन् । सङ्गीत खबर कार्यक्रममा आएका सबै प्रतिभाको फरक फरक प्रतिभा र फरक फरक कला देख्न सकिन्छ । त्यस्तै अवसरको खोजीमा भौतारिएका कला भएर पनि कला देखाउने स्थान नपाएका नव प्रतिभा राजेन्द्र राई जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा अवसरको खोजीमा आएका छन् । उनै प्रतिभासँगको कुराकानीलाई हामीले यस अङ्कमा यसरी प्रस्तुत गरेका छौँ ।



घरपरिवार, साथीभाइबाट कतिको साथ सपोर्ट पाउनु भएको छ गीत सङ्गीत क्षेत्रमा लाग्न ?
घर परिवार साथीभाइबाट एकदमै राम्रो साथ सपोर्ट पाएको छु । तर गीत सङ्गीत क्षेत्रमा लाग्न साथीभाइ घरपरिवारको सपोर्टले मात्र केही नहुँदो रहेछ । जहाँ पैसाकै आवश्यकता पर्छ । लगानी गरेर गीत निकाल्न घरको आर्थिक अवस्था राम्रो छैन निर्देशक, सङ्गीतकारसँग एल्बम गर्न सल्ला गर्दा महँगो रकम सुनाउनु हुन्छ । लगानी गरेर गीत गर्न सक्ने स्थिति छैन । म अहिले पढ्दै भएको कारण कुनै जागिर गर्न सकेको छैन । यो क्षेत्रमा केही गर्छु भन्ने लाग्छ । हेरौँ संर्घष गर्दै छु कहाँ पुग्न सकिन्छ । सबैको साथ सपोर्टकको अपेक्षा राखेको छु ।

गीत सङ्गीत क्षेत्रको भविष्य कस्तो छ जस्तो लाग्छ तपाईँलाई ?
गीत सङ्गीत क्षेत्रको त्यति अनुभव छैन् । अहिले म नव प्रतिभा अवसरको खोजीमा छु । यो क्षेत्रमा दर्शकको मन जित्न सकियो भने राम्रो नै भविष्य छ जस्तो लाग्छ । तर दर्शकको मन जित्न त्यति सजिलो छैन । सङ्गीत सिक्दै छु हेरौँ भाग्यले कहाँ पु¥राउछ । प्रयास गर्ने हो । यो क्षेत्रको भविष्य यस्तो नै छ चाहिँ भन्न सक्दिन ।

तपाई कस्ता खालका गीत गुनगुनाउने गर्नुहुन्छ ?
म प्राय सबै विधाका गीत सुन्ने र गुनगुनाउने गर्छु विशेष चाहिँ म आधुनिक गीत सुन्ने र गुनगुनाउने गर्छु मलाई मन पर्ने गायक राजेश पायल राई र गायिकामा मेलिना राई हुनुहुन्छ । म प्राय राजेश पायल राई र मेलिना राईको गीत सुन्ने र गुनगुनाउने गर्छु ।

भोलिको दिनमा गीत सङ्गीत क्षेत्रमा कसरी अगाडि बढ्नु हुन्छ ?

हेरौँ अब सङ्गीत सिक्दै छु भोलिको दिनमा कहाँ पुग्न सकिन्छ त्यो त भन्न सकिँदैन जहाँ पुगेनी गीत सिक्न र गाउन चाही कहिले छोड्ने छैन ।

जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम कतिको हेर्ने गर्नुहुन्छ ?
सङ्गीत खबर कार्यक्रम प्रतिभाको चौतारी हो । मैले सुरुदेखि सङ्गीत खबर कार्यक्रम हेर्दै आएको छु । त्यही कार्यक्रम हेरेर जन आकाश मिडियाले नव प्रतिभाको लागि अवसर दिइने रहेछ भनेर र्मैले जन आकाश मिडियाको पेजमाबाट थाहा पाए । त्यहा नम्बर छोडिएको रहेछ त्यही नम्बरमा फोन गरेर आज सङ्गीत खबर कार्यक्रम सम्म आएको छुु । एकदमै खुसी छु मलाई मन पर्ने कार्यक्रममा आउन पाउँदा । धेरै धन्यवाद दिन चाहन्छु जन आकाश मिडियालाई हामी जस्तो नव प्रतिभालाई अवसर दिनुभएकोमा ।

पुरा भिडियो हेर्न लिङक दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend