logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

होण्डाको एसेम्बल अव नेपालमै


  • जन आकाश
  • बुधबार, फाल्गुन २३ २०८०



काठमाडौं । नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ  सुरु भएकाे छ । होन्डा मोटरसाइकलका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरे ।

१ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।

नेपालमा होन्डा विगत ५५ वर्षदेखि विक्री हुँदै आएको छ । यो दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।

एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ।

प्लान्ट उद्घाटन कार्यक्रममा संघीय सांसद छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेशसभा सदस्य भगवती चौधरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, स्याकार ट्रेडिङ कम्पनीका उपाध्यक्ष सुरीद ज्योति लगायतको उपस्थितिमा एसेम्बल सेन्टर उदघाटन भएको हो।

यसैगरी कुमामोटो फ्याक्ट्री भेहिकल एसेम्ब्ली प्लान्टका महाप्रबन्धनक तायुकी नाकानोसे, एएसएच थाइल्यान्डका बिक्री निर्देशक टेट्सुया कोमिनी, उत्पादन निर्देशन योइची सिमादा, जापानका बिक्री विभाग प्रबन्धक मासाहिदे हिरोसी र सहायक प्रबन्धक यासुयुकी यामामोटो, एचएमएसआई भारतका उत्पादन निर्देशक नवीन अवाल, आयात निर्यात बिक्री महाप्रबन्धक प्रदीप चौधरी लगायत पनि उपस्थित रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend