जन आकाश
काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।
‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्यौ,’ उनले सामाजिक संजालमा लेखेकी छन्,‘ आज फेरी आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ ।’ उनले बहुरूपी औरत भन्दै आफ्नो पोष्ट अन्त्य गरेकी छन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन् । त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन् । निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पछिल्लो समय अभिनेता पल शाह र पूजा फिल्म ‘रामायण’मा सहकार्य गर्ने चर्चा छ । पल र पूजाको पछिल्लो निकटतालाई लिएर उनले यो पोष्ट गरेकी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend