logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

वर्षाका कारण रोकियो नेपाल र हङकङको खेल


  • जन आकाश
  • आइतबार, फाल्गुन २७ २०८०

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको हो ।



वर्षा रोकिएपछि खेल पुनः अगाडि बढ्ने छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend