जन आकाश
काठमाडौँ । गायक तथा मोडल प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएका भिडियोका निर्देशक सुनिल विक हुन् भने छायाँकन बुद्ध थापाको रहेको छ ।
योगेशकाजी शाह र शान्ति श्री परियारको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द छ । गायक शाहकै संगीत तथा संगीत संयोजन गीतमा छ । योगेश र शान्तिश्रीले यस अगाडि पनि सहकार्यमा थुप्रै गीत ल्याइसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend