logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकारमा मनोनीत


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको सोमबार बसेको बैठकले शाहलाई सल्लाहकारमा मनोनीत गरेको हो ।



महासंघका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले संघको विधान संशोधन तथा परिमार्जन गर्ने, आगामी भदौ मसान्तभित्र महाधिवेशन गर्ने, लोकप्रिय लोकगायक बिमलराज क्षेत्रीको मेचीमहाकाली एकल लोकतान्त्रिक सांस्कृतिक कार्यक्रम गर्ने, आगामी होलीपुर्णिमाको दिन नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीसहित विभिन्न कलाकर्मीको उपस्थितिमा होली कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महासंघको अर्जुन गिरीको संयोजनमा अनुशासन, गंगाबहादुर पाण्डेको संयोजनामा न्यायिक सकितको अलवा आर्थिक, कार्यक्रम, विभिन्न विधागत समिति समेत गठन गरेको महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले जानकारी दिए ।

सांस्कृतिक महासंघ नेपाली कांग्रेसको सुभेच्छु संस्था हो । पार्टीले नेपाली संस्कृतिक संघलाई नै सांस्कृतिक महासंघ बनाएको हो । सांस्कृतिक महासंघका सभापति तीर्थ थापालाई नै पार्टीले ६ महिनाभित्र महाधिवेशन गराउने अधिकारसहित अध्यक्षको जिम्मेवारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend