जन आकाश
काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ ।
इजरायलले सोमबार खान युनिसस्थित मोहम्मद बराकातको घरमा पनि बमबारी गरेको थियो । बराकात प्यालेस्टाइनका प्रभावशाली फुटबल खेलाडी थिए । उनी प्यालेस्टाइनी फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् । उनले आफ्नो सक्रिय खेलजीवनमा हालसम्म एक सय १४ गोल गरेका छन् ।
३९ वर्षीय बराकात आहली गाजा क्लबबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्यालेस्टाइनको फुटबलमा ‘दी लिजेन्ड अफ खान युनिस’ को उपनामले चर्चित थिए । उनी खान युनिस क्लबका कप्तान पनि थिए । उनले जोर्डन थुप्रै क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले साउदी अरेबियन क्लब अल-शोलाबाट पनि केही समय व्यावसायिक फुटबल खेलेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend