logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विद्यालयको स्तरउन्नतिको लागि पहल गर्नेछु संसद तामाङ


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

मोहन कार्की ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन १ शिवलयमा स्थापित श्री शिव आधारभू्त विद्यालयको ३२ औं बर्षिककोत्वसवको अवसरमा प्रमुख अतिथिको रुपमा आएका प्रतिनिधिसभाका सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम)ले विद्यालयको विद्यार्थी संख्याकाे अधारमा प्राप्त गर्नुपर्ने विद्यालयको कक्षा कोठाको विस्तार, शिक्षकहरुको अपुग दरवन्दी थप्न पहल गर्ने बताउका छन् ।



कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष उमेश गुबाजुले गरेका थिए । प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) रहेका थिए, विशेष अतिथिमा गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की रहेकी थिइन । अतिथिाहरुमा गोकुलगंगा गाउँपालिकाका १ न.वडा अध्यक्ष छत्र बहादुर बस्नेत, २ न. वडा अध्यक्ष सुन्दर कुमार कार्की, त्यसै विद्यालयका प्रद्यानध्यापक बिपिन बस्नेत, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु हरेका थिए ।

कार्यक्रममा स्थानीय नागरिकहरु विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु, विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरु लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयले विद्यालय स्थापना गरिएको अवसरमा विद्यालयमा जन्मदिनमा अन्य फजुल गरिने खर्चलाई शिक्षामा लागाउने भनेर शिक्षक विद्यार्थीरुले जन्मदिन कोष स्थापना गरिएकाे कोषमा जम्मा भएको रकमवाट ४० छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण, विद्यालयमा स्थापना गरिएको अक्षयाकोषवाट ३० जना विद्यार्थीहरुलाई छात्राबृति वितरण गरिएको विद्यालयका प्रद्यानध्यापक बिपिन बस्नेतले जानकारी दिएका छन् ।

सोही अवसर पारेर शैक्षिक शत्र २०७९ मा उत्कृष्ट विद्यार्थीहरुलाई र उत्कृष्ट शिक्षकहरलाई पुरुस्कार वितरण गरिएको छ । वडा स्तरीय एथलेटिक्स प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरुस्कार वितरण गरिएको प्रद्यानध्यपक बस्नेतले जानकारी दिएका हुन् ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष उमेश गुबाजुले कार्यक्रममा आमन्त्रित, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, चन्दादाता, विद्यार्थी, अभिभावक, उपस्थित सवैलाई धन्यवाद दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend